घोराही, १५ पुस। दाङमा बस दुर्घटना भएको छ । तुलसीपुर–अमेलिया सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा बर्दियाबाट पिकनिकका लागि आउँदै गरेको बस दुर्घटनामा परेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखरमा रहेको पिपरहवा कृषि कृषक समूहबाट दाङ चखौरामा पिकनिकका लागि आउँदै गरेको भे १ ख २०४१ नम्वरको बस विहान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एव प्रहरी नायव उपरिक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिनुभएको छ ।
प्रहरी नायव उपरिक्षक पोख्रेलका अनुसार तुलसीपुर उपमहानगरपालिका १३ दमारगाँउ वनको उकालोमा दुर्घटना हुदाँ करिब २० जना भन्दा बढी घाईते भएका छन् । घाइतेहरुलाई उद्धार गरेर तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पताल ल्याउने क्रम चलिरहेको प्रहरी नायव उपरिक्षक पोख्रेलले जानकारी दिनुभएको छ । उद्धार गरेर घाइतेहरुलाई ल्याउने काम भइरहेकाले बस कसरी दुर्घटना भयो भन्ने र कतिजना यात्रु थिए भन्ने बारेमा अझै खुल्न नसकेको उहाँले जानकारी दिनुभएको छ ।