बिशाललाई भारतीय अप्पा अवार्ड

शिवराज खनाल
देउखुरी, ९ पुस । भारतमा भएको ३० औं अप्पा अवार्डबाट नेपालका उत्कृष्ट उदयमान निर्देशक दाङका विशाल नेपालीसहित अन्य २ जना सम्मानित भएका छन् ।

विगत २ दशकभन्दा बढीदेखि भारतको उत्तर प्रदेशमा कला, सँस्कृति, पर्यटन र सिनेमाको विकास र प्रबर्द्धनमा क्रियाशील ‘उत्तर प्रदेश आर्टिष्ट एकेडेमी’ ले आयोजना गरेको ३० औं अप्पा अवार्डबाट नेपालका उत्कृष्ट उदयमान निर्देशक विशाल नेपाली, उत्कृष्ट सुपर मोडल आयुश खान तथा उत्कृष्ट मोडल सचिन खड्का सम्मानित भएका हुन् ।

गएको शनिवार भारतको उत्तर प्रदेशमा भएको विशेष कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री ब्रजेश पाठकले अवार्ड प्रदान गरेका थिए । यो अवार्डबाट विगतमा भारतीय गीतकार समिर अञ्जान, कलाकारहरु अनिल कपूर, रविना टण्डन, राहुल रोय लगायतका विशिष्ट कलाकारहरु सम्मानित भइसकेका छन् ।

लमहीमा जन्मिएका बिशाल नेपाली लामो समयदेखि आफ्नो कर्मभुमी काठमाण्डौ बनाउदै सय बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन भने दर्जनौ भन्दा धेरै गितमा मोडेल समेत गरेका छन ।