शिवराज खनाल
लमही चैत्र ७ । देउखुरी उद्योग बाणिज्य संघ लमहीले लमही नगरपालिकालाई स्वास्थका सामाग्री हस्तान्तरण गरेको छ ।
आइतबार संघ ले ४ वटा थर्मल गन र ९ प्याकेट ग्लोब्स (९०० ओटा) लमही नगरपलिकाका मेयर कुलबहादुर केसीलाई हस्तान्तरण गरेको हो ।
पहिले देखिनै जन गुनासो आइरहेको र बजारमा ती सामाग्री नपाउने अवस्था सिर्जना भएकाले उक्त सामाग्री देउखुरी उद्योग बाणिज्य संघले नगरपालिकालाई हस्तान्तरण गरेको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताए ।
लमही नगरपलिकाका मेयर कुल बहादुर केसीले संघले प्रदान गरेको सामाग्री ग्रहण गर्दै कोरोना रोकथाममा प्रयोग हुने स्वास्थ सामाग्री प्रदान गरेकोमा देउखुरी उद्योग बाणिज्य संघलाई धन्यवाद व्यक्त गरे ।
स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा संघका सल्लाहकार शेषमणि गौतम , महासचिव कमल जङ ठकुरी, कोषाध्यक्ष केशव घिमिरे , सदस्य नबाफ अलिको सहभागीता रहेको थियो ।