गोरक्ष समाचारदाता
दाङ, ७ पुस ।नेपाली कांग्रेस दाङले भूकम्प पीडितका लागि राहत सामग्री सहयोग गरेको छ । सहयोगका लागि कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी र जिल्ला सभापति शंकर डाँगीको नेतृत्वमा एक टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ ।
यो टोलीले पहिलो चरणमा शुक्रवार भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिमका भूकम्प प्रभातिलाई राहत वितरण गरेको छ । रुकुम पश्चिममा भूकम्पले विस्थापित बनेका २५ घरपरिवारका लागि घर निर्माण गर्न मिस्त्री खर्च वापत रकम सहयोग गरिएको छ । यो सहयोग रकम केन्द्रीय सदस्य चौधरी र दाङ कांग्रेसका सभापति डाँगीले रुकुम पश्चिमका पार्टी सभापति प्रेमप्रकाश वलीलाई हस्तान्तरण गरे । यसैगरी आठबिसकोट नगरपालिकाको वडा नम्बर १४ मा १५ घरपरिवारका लागि २० बोरा चामल, चिउरा, न्यानो कपडा, २५ थान ब्लाङ्केट, नून, तेललगायत खाद्यसामग्री सहयोग गरिएको छ ।
यसैगरी कांग्रेसको टोलीले जाजरकोटमा भूकम्प प्रभावितका लागि घर निर्माण गर्ने छ । टोलीमा रहेका नेविसंघ दाङका अध्यक्ष कुलराज पोख्रेलले शनिवारदेखि जाजरकोटको नलगाढ नगरपालिका वडा नं. १ पालीमा विद्यालय भवन निर्माण गर्ने छ । यसैगरी भूकम्पबाट विस्थापितका लागि घर निर्माण गरिनुका साथै त्यहाँका भूकम्प पीडितलाई न्यानो कपडा वितरण गरिने समेत अध्यक्ष पोख्रेलले जानकारी दिए ।