मिसन ८४ होईन, कांग्रेसले भूकम्प पीडितलाई मल्हम लगाउँदै छ : नेता-बस्नेत

टेकबहादुर पुन

लमही,३ पुस । नेपाली काँग्रेसका महासमिति सदस्य तथा लुम्बिनी प्रदेशका प्रमुख राजनीतिक सल्लाहकार जानकीलाल बस्नेतले कांग्रेस मिसन ८४ भन्दापनि भूकम्प पीडितलाई मल्हम लगाउन लागि परेको बताएका छन् ।

नेपाली कांग्रेस लमही नगर समितिले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस पार्टीसंगै जनताको लागि काम गर्ने पार्टी भएकाले अरु पार्टी चुनावको तयारी लाग्दा कांग्रेस भूकम्प पीडितको घर बनाउन गएको बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बस्नेतले जाजरकोट र रुकुमका भुकम्प पीडितहरुको घाउमा मल्हम लगाउन काँग्रेसका केन्द्रीय नेताहरु अझै उतै सघाउमै ब्यस्त रहेको बताए । अन्य पार्टीहरु मिसन ८४ भन्दै भ्रम छर्नमा ब्यस्त रहेपनि काँग्रेस जहिले जनताको पक्षमा रहेको बताए । “देशमा जे जति परिबर्तन भयो, त्यसमा काँग्रेसको प्रमुख भुमिका छ बस्नेतले भने-अन्य दलहरु मिसन ८४ भन्नमा ब्यस्त छन, काँग्रेसीहरुभने भूकम्प पीडितहरुको टहरा बनाउनमा ब्यस्त छ ।”

उनले काँग्रेसी नेता कार्यकर्ताहरुले कम्युनिस्ट जस्तो प्रचारबाजी नगर्ने बताए । कम्युनिस्ट हरु थोरै काम गर्छन, धेरै प्रचार गर्छन तर काँग्रेसले ठूलो काम गर्छ प्रचार गर्दैन । उनले भने,’भुकम्प पीडितहरुको लागि सँचालित खातामा ५० लाख जम्मा गरेर अभियान चलायो, त्यही अभियानमा सबै लागे नेता बस्नेतले भने जनता र देशको लागि काँग्रेस नभई नहुने पार्टी हो ।’ उनले जनताको सेवामा सबै एकढिक्का भएर लाग्न सबै पार्टी नेता तथा कार्यकर्तालाई अनुरोध गरे ।

कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका सचिब गणेश घिमिरे, क्षेत्रीय प्रतिनिधि हल्लुप्रसाद चौधरी, लमही वडा ६ का सचिब ज्ञानप्रसाद चौधरी, देउखुरी बहुमुखी क्याम्पस ब्यबस्थापन समितिका सदस्य पदम पुडासैनी, क्षेत्रीय प्रतिनिधी मेघबहादुर बिसीले पार्टीका नेता तथा काँग्रेसबाट लमही नगरमा निर्बाचित जनप्रतिनिधिहरुले अहिलेसम्म गरेका कामप्रति चिन्ता ब्यक्त गर्दै सुधार्दै जानुपर्ने सुझाब दिएका थिए ।

कार्यक्रममा नगरपालिकाप्रतिको चासोका बिषयमा आएका जिज्ञासामा लमही नगरका प्रमुख जोगराज चौधरी र प्रबक्ता मोहन गिरीले स्पष्ट पारे । प्रमुख जोगराज चौधरीले सबै एकजुट भएर गए चुनाबका घोषणा पत्र अनुरुप काम गर्न सकिने बताए । हुलाकी राजमार्ग फराकिलोको बिषयमा उनले सडक बिभागको जिम्मा रहेको र हरेक काम गर्दा नीति नियम भएको हुँदा केही ढिला भएको बताए ।

जिज्ञासा मेटाउँदै महाधिबेसन प्रतिनिधि तथा लमही नगर प्रबक्ता मोहन गिरीले लमही बजार सुन्दर देखिने गरि काम गरिने प्रतिबद्धता जनाए । नगरको हितका निम्ति कार्यपालिका निर्णय गरेपनि कार्यान्वयनमा आउन नसक्दा सोचे जस्तो काम गर्न नसकिरहेको उनले गुणासो गरे । नदिजन्य पदार्थको बिषयमा जनताको मर्म बुझी निकास दिन निर्णय गरिएपनि अझै कार्यान्वयनमा आउन नसक्दा नगरबासी मर्कामा परिरहेको बताए ।

कार्यक्रमको अबसरमा लमही ५ निवासी ईन्दु डिसी र एलिजा गुरुङ कांग्रेसमा प्रवेश  गरेका हुन । जसमध्य डिसी लमही जेसिजकी उपाध्यक्ष हुन । कार्यक्रम लमही नगरका सभापती सन्तोष बुढाथोकीको अध्यक्षतामा भएको थियोे ।