पूर्व प्रधानन्यायाधिश कार्की सुशीला कार्कीले भनिन,`महिलाहरु बोल्नुहोस´

तुलसीपुर,३ पुस । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले नेतृत्वमा महिलाको प्रभावकारी उपस्थिती हुनुपर्ने बताएकी छिन ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको नीति र नेतृत्व तथा स्थानिय शासन र शुसासन बिषयक अन्तर्कृया कार्यक्रममा कार्कीले ०४६ सालको परिवर्तनपछि महिलाहरु नेतृत्वमा आउन थालेपनी उनिहरुको भुमिका प्रभावकारी भने अझै हुन नसकेको बताइन ।

बिषयको अध्ययन गर्ने र असहमत कुरामा बिरोध गर्न सक्ने क्षमता बढाउने हो भने महिलाहरु पनि प्रभवकारी नेतृत्व प्रदान गर्न सक्ने उनले बताइन । “चित्त नबुझेको कुराम बोल्नुस , फरक मत राख्नुस, पुरुषको सबै कुरामा सहमती जनाएर चुप लाग्ने बानी हटाउनुस” उनले भनिन ” बोल्ने हरुनै नेता बन्ने हो , तपाईं हरु बोल्न सक्ने बन्नुस “।

यसैगरी उनले हरेक तहमा हरेक तहमा नीति र नेतृत्व आवश्यक रहेको भन्दै नीति असफल भए हरेक संरचना बिग्रने बताइन । “कुनै पनि संरचनामा नीति अनिवार्य हुन्छ, नीति सहि ढंगले कार्यान्वयन हुनु पर्छ,” उनले भनिन ” नीति कार्यान्वयन भएन भने त्यो संरचना बिग्रन्छ, त्यसैले जनप्रतिनिधिहरुले नितिको सहि ढंगबाट कार्यान्वयन गर्नुस ।”
उनले नीति नीति नै कानुन निर्माणको खुट्किलो भएको बताइन् । उनले भनिन्–.‘ नीति नभइ कुनै पनि कार्य सम्पादन गर्न सकिँदैन, त्यसैले नीति नै कानुन निर्माणको खुड्किलो हो ।’ त्यस्तै उनले निर्वाचनका बेला गरिएको चुनावी घोषणा तथा जनताको आवश्यकताका आधारमा नीति बनाउनु पर्ने र सोही अनुरुप कानुन निर्माण गरी कार्यानन्वय गर्नुपर्ने उल्लेख गरिन् ।

मेट्रो कलेजको समन्वयमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा उनले विचारहरुको छलफल र योजना नै नीति भएकाले सान्दर्भिक बिचार र ठोस योजनाका आधारमा नीति निर्माण गरिनु पर्ने बताइन। कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले सहमतीको नाममा लोकतन्त्रलाई उल्झनमा राखिनु गलत भएको बताए ।

“अहिले राजनितिक सहमतिका नाममा लोकतन्त्रलाई उल्झनमा राखिएको छ,” पोखरेलले भने “लोकतन्त्रलाई उल्झनमा राखेर गरिने सहमती घातक हो ।” नितिलाइ दृष्टिकोणका रुपमा अर्थ्याउदै पोखरेलले नीति कार्यान्वयनका लागि असल नेतृत्व हुनुपर्ने बताए । “नीति सबल भएर मात्रै हुँदैन,”उनले भने “सबल नीति कार्यान्वयनका लागि नेतृत्व पनि सबल हुनुपर्छ ।”

त्यस्तै लेखक तथा पत्रकार हरि बहादुर थापाले
स्थानीय तहले बनाएका कानुन अक्षरस कार्यान्वयन नभएको बताए । उनले एउटै स्थानीय सरकारका जनप्रतिनिधि बिच बेमेल हुँदा नीति अनुरुप कामहरु हुन नसकेको बताए । “स्थानीय सरकारका प्रतिनिधिबीचमै हुने बेमेलले आम नागरिकका आवस्यक्ताका बिषयहरु सम्बोधन हुन नसकेको अवस्था छन,” उनले भने,”यसर्थ एकले अर्कोको अस्तित्व स्विकार्दै सरसल्लाहबाट काम गरिनुपर्छ ।”
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका निबर्तमान नगरप्रमुख घनस्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका शासन र सुशासनका हिसाबले अब्बल बन्नुपर्ने र जनतासामु राखिएका एजेन्डाहरु पूरा गर्न तर्फ लाग्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा तुलसीपुर उपमहागरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिरेन्द्र शाह, वडा नम्बर ११ का वडाध्यक्ष मान वहादुर रावतले स्थानीय तहका जनप्रतिनिधीलाई अधिकार दिएपनि त्यसको प्रयोगमा श्रोतसाधन उपलव्ध नभएको भन्दै अधिकार कार्यान्वयमा समस्या रहेको बताएका थिए।

त्यस्तै लेखक तथा पत्रकार सुदर्शन रिजाल,नेपाल प्रेस युनियन केन्द्रिय सदस्य देबेन्द्र बस्नेत,अधिकारकर्मी युवा करार,जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारीलगाएतले स्थानीय तहले बनेका एन कानुनहरु कार्यान्वयनमा जोड दिनुपर्ने बताए । कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका प्रबक्ता माधब वलीले गरेका थिए ।