देवकोटाको सम्झनामा शोकसभा

देवीराम कुसारी,
फुलवारी, २६ मंसिर । निवृत शिक्षक समाज तुलसीपुरले शोकसभा सम्पन्न गरेको छ । निवृत शिक्षक समाज फुलवारीका कालिकाप्रसाद पौडेलको अध्यक्षता तथा नेपाली काग्रेसका नेता केशव आचार्यको प्रमुख आथित्यमा मंगलवार भएको शोकसभामा बोल्ने बक्ताहरुले स्वर्गीय देवकोटाले समाजमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

शोकसभामा पती मानबहादुर देवकोटाले स्वर्गीय पत्नी देवकुमारी देवकोटाको जीवनका बारेमा जानकारी गराएका थिए । निवृत शिक्षक मानबहादुर देवकोटाको धर्मपत्नी देवकुमारी देवकोटा १३ ओैं दिनको पुण्यतिथीको अवसरमा आयोजना गरिएको शोकसभामा नेपाली कांग्रेसका नेता केशव आचार्य, क्षेत्र नं। ३ (क) का सभापती देवेन्द्र रिजाल, नेता सुरेन्द्र खड्काले शोक मन्तव्य व्यक्त गरेका थिए ।

देवकोटा परिवारका सुदर्शन देवकोटाको स्वस्तिक वाचनवाट सुरु भएको शोकसभामा नेपाली कांग्रेसका नेता ताराबहादुर कार्की, विनोद पाण्डे, निवृत शिक्षक घनश्यम वस्नेतलगायतलगायतले बोलेका थिए । शोकसभाको सहजीकरण कृष्ण देवकोटाले गरेका थिए ।