Goraksha

National Daily

दृष्टिविहिन तथा अपाङ्गगलाई उद्धमशिलतामा जोडन उज्यालो सर्फ तालिम

लमही, ९ मंसिर । अपाङ्गगता भएकाहरुलाई उद्धमशिलतामा जोडन यहाँ उज्यालो सर्फ तालिम सुरुगरिएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुृरगञ्जले पुनःस्थापना कार्यक्रम अतर्गत लमहीमा सर्फ बनाउने तालिम सुरु गरेकोहो ।

नेपाल नेत्रज्योति संघ दाङ, एनएवीपी नर्वे र उपमहानगरपालिकासंगको साझेदारीमा पुनःस्थापना कार्यक्रम अन्तर्गत दृष्टिविहिन तथा अपाङ्गगता भएका व्यक्तिहरुलाई दातृनिकायको र स्थाानीय पालिकाको साझेदारीमा आयआर्जनमा जोडने उद्देश्यले लमहीमा सर्फ बाउने तालिम सुरु गरेको हो ।

“हामीलाई अवसर देउ परिश्रम गरेर देखाउने छौ” भन्ने नारा सहित दाङ नेत्रहिन संघ र श्रृजनशिल अपाङ्ग मैत्रि संस्था लमही उत्पादक रहने गरि तालिमको सुरुवात गरिएकोहो । नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काको अध्यक्षता तथा लमही नगरपालिका नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यमा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले यो राम्रोकाम सुरु बताए ।

उनले तालिम पश्चात उनीहरुले उत्पादन गरेको सर्फले बजार पाएसंगै अपाङ्गता भएका व्यक्तिहरुको जिवनमा धेरै आर्थिक सुधार लाउने बताएका थिए । ‘तपाईहरुले ल्याएको कार्यक्रम राम्रोहो स्थानीय निकायले पनि यसलाई सहयोग गरि अगाडी बढे अपाङ्गता भएका व्यक्तिहरुको लागि राम्रो अवसर हुन्छ उनले भने ।’ त्यस्तै उपमेयर लक्ष्मी योगीले यो तालिम निकै फलदायी भएको भदै त्यसमा स्थाानीय सरकार हातेमालो गर्ने बताइन् ।

उनले दृष्टिविहिन तथा अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक उपार्जनका लागि यो कार्यक्रम निकै सहयोगी बने बताइन् ।कार्यक्रममा प्रभू लधू उद्योगका सञ्चालक समाज सेवि राजिव गौतमले दृष्टिविहिन तथा अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक उपार्जनका लागि ल्याएको कार्यक्रमलाई आफुले पूर्ण रुपले सहयोग गर्ने बताए । उनले आफुले यस तालिममा गुणस्तरीय उत्पादनका लागि सहयोग गर्ने बताए ।

उनले आफुले निर्माण गरेको सर्फ बनाउने मेसिन सहयोग गरेको भन्दै अन्य सहयोग पनि रहने बताए । ‘तपाईहरुले ल्याएको कार्यक्रम राम्रो र अत्यन्त राम्रोछ यस कार्यमा सहयोग गर्न पाउदा मनिकै खुसीछु अपाङ्गता भएका व्यक्तिहरुको लागि राम्रो काम भएको छ उनले भने ।’ त्यस्तै कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङ शाखाका सचिव घनश्याम सुवेदीका पालिकामा पुनःस्थापना कार्यक्रम अन्र्तत यस्ता आयआर्जनका कार्यक्रम ल्याएको भन्दै उत्पादन गरेका बस्तुहरुलाई वजारी करण गरि गर्न सहयोग गर्ने बताए ।

कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सम्शेर थापाले दृष्टिविहिन तथा अपाङ्गता भएका व्यक्तिहरुलाई उत्पादन र उनीहरुलाई आर्थिक उपार्जन हुने खाले कार्यक्रम सञ्चालन गर्नका लागि आफुहरुले स्थानीय सरकार संगको साझेदारीमा कार्यक्रम सञ्चालन गरेको भन्दै त्यसको सुरुवात लमहीबाट गरेको बताए ।

‘एनएवीपी नर्वेको केहि रकम र स्थानीय पालिकाकाको केहि आर्थिक रकम लगानिमा तालिमहरु दिएर विभिन्न सामाग्रीहरु निर्माण गरि त्यसलाई बजारी करण गर्ने कार्यक्रमको उद्धेश्य छ, यसले अपाङ्गता भएका व्यक्तिहरुलाई धेरै सहयोग पुग्ने छ,उनले भने ।’ थापाले दृष्टि विहिन, अल्पदृष्टि र अपाङ्गता भएका व्यक्तिहरुलाई यस्तो तालिम दिएर राम्रो गुणस्तरीय बस्तुहरु जस्तै सावुन, सरफ उत्पादन गरेर बजारीकरण गर्न सकिने बताए ।

‘हाम्रो उद्धेश्य भनेको सरकारको उद्धमशिलताको नीतिलाई सघाउ पु¥याउने पनि हो यसले सानो सानो उद्योगहरु पनि पछि सञ्चालन गरि धेरैलाई रोजगार दिन सकिन्छ –प्रमुख प्रशासक थापाले भने ।’ उनले उपचारका संगसंगै पुनस्थापना कार्यक्रमहरु पनि आँखा अस्पतालले यस अघि सञ्चालन गरेको बताए । त्यो कार्यक्रम निकै फलदाई भएको उनको भनाई थियो ।

कार्यक्रममा दाङ नेत्रहिन संघका अध्यक्ष गहनलाल चौधरीले यो तालिम निकै फदाई रहेको बताए । उनले अहिले दृष्टिविहिनहरु वेरोजगार भएर सडकमा भौतारि रहेको समयमा यस्तो कार्यक्रम ल्याएको भन्दै खुसी व्यक्तगरे । ‘यस अघिपनि अपाङ्गता भएका व्यक्तिहरुले धेरै तालिमहरु र सिपहरु सिक्नु भएको छ तर त्यसलाई निरन्तर्ता दिन सक्नु पर्छ यसले आर्थिक रुपमा पनि सहयोग गुग्छ उनले भने ।

उनले दृष्टि विहिन, अल्पदृष्टि र अपाङ्गता भएका व्यक्तिहरुलाई जिवीको उपार्जनमा सहजता ल्याउनु पर्ने बताए । उनले केहि समय पहिले सञ्चालन भएका यस्ता कार्यक्रमबाट धेरैको जिवनमा परिवर्तन भएको बताए । श्रृजनसिल अपाङ्ग संघ लमहीका अध्यक्ष केशव सापकोटाको स्वागत मन्तव्यवाट सुरु भएको तालिममा दृष्टि विहिन, अल्पदृष्टि र अपाङ्गताभएका व्यक्तिहरुको सहभागीता रहेको छ । तिन दिन सम्म सञ्चालन हुने तालिमको प्रशिक्षकमा मनसरी केसी रहेकीछन् ।