लकडाउनको मौका छोपी बनमा नजर

शिवराज खनाल

लमही बैशाख ५ । देउखुरीमा लकडाउनको मौका छोपी सामुदायिक बनमा रुख कटान तथा बन क्षेत्र अतिक्रमण गरिएको भेटिएको छ ।

लमही नगरपालिका अन्तर्गत वडा नम्बर ९ बस्ने लालबहादुर कुमाल र भरत बिकले बन क्षेत्रभित्रको रुख काटेको गस्ति टोलीले जनाएको छ ।

त्यस्तै गढवा गाउपालिका वडा नम्बर ४ मा प्रने सालझुन्डी सामुदायीक बन मा ६ ओटा साल को ठुटा समेत फेला परेको छ । एक थान घप्पु भने डिभिजन बन कार्यलय लमही गोबर्डिया सबडिभिजन र बन समूहका पधाधिकारीलाई देखेर अमित यादब घप्पु जङ्गल मै छाडी भागेको साहायक बन अधिकृत प्रेमी लाल प्रसादले बताए ।

रुख कटान गर्ने तिनै जना फरार रहेको ले खोजी कार्य भैरहेको र दोषी उपर कानून वमोजिम कारवाही हुने सब डिभिजन कार्यलयका अर्का सहायक बन अधिकृत लालबाबू यादब ले जानकारी दिए ।

बन कर्मचारीहरुले उक्त दिनै सामुदायिक बन नजिकैको खेतमा ६ वटा सालका पोल तथा ४५ वटा सालको लाथ्रा बेबासिरे अबस्थामा फेला पारेका छन
ती बरामत गरिएको काठ सम्बन्धित बनलाई बुझाएको डिभिजन बन कार्यलयले जानकारी दिएको छ ।

त्यसैगरी गढवा गाउपालिका वडा नम्बर ६ मा सर्बोदय सामुदायीक बन क्षेत्रमा पर्ने जग्गामा घर बनाइ रहेको भेटिएको छ । उक्त घर टहरा हटाइएको डिभिजन बन कार्यलय लमहीले जानकारी दिएको हो ।