दाङ, ६ वैशाख । कोरोना संक्रमण देखिएर टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत युवती निको भएर घर फर्किएकी छन् । यसपुर्व पनि एक युवक निको भएर घर पर्किसकेका छन् । यी दुई घटनाले कसैमा कोरोना संक्रमण देखिए पनि नेपालमा त्यसको उपचार संभव भएको पुष्टी गरेको छ । चिकित्सकहरुले संक्रमीमा कोरोनाका लक्षणहरु हराएपछि, दोस्रोपटकसम्मको पिसिआर परीक्षण नेगेटिभ आएपछि तथा अन्य केही बिशेष अबस्थामा सुधार देखिएपछि संक्रमणमुक्त मान्दछन् ।
‘भाइरसको आयु थाहा छैन, यस्लाई मार्ने ठ्याक्कै औषधी पनि थाहा छ्रैन तर पनि शरीरमा रहेका भाइरसहरु निश्क्रिय भएको अबस्थालाई संक्रमणमुक्त मानिन्छ,’ एक चिकित्सकले भने,-‘आइसोलेसनमा राख्ने नै अहिलेसम्म सबै भन्दा उत्तम उपाए मान्न पर्ने अबस्था छ ।’
उनका अनुसार संक्रमण सर्न नदिनका लागि सतर्कता अपनाउनु नै उत्तम उपाए हो । सरीहालेमा दूरी कायम गर्दै आइसोलेशनमा बसेर उपाचार गराउन बिलम्ब गर्नुहुदैन । ‘यसो गर्दा संक्रमण मुक्त हुन सकिन्छ भन्ने कुरा नेपालमै पनि देखिसकियो’-उनले भने ।
शनिबार डिस्चार्ज भएकी युवतीमा चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् ।
आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।
फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।
गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन्
कोरोना संक्रमणवाट मुक्त भएकी युवतीको यो तस्विर कान्तिपुर अनलाइनवाट लिइएको हो ।