दलहरूले आफ्नो कमजोरी नस्वीकार्दा
मधुसूदन सुवेदी
यतिबेला नेपालमा राजनीतिक तरङ्ग उत्पन्न भएको छ । प्राकृतिक वातावरणका हिसाबले शरद ऋतुको समापन सँगसँगै उदाएको हेमन्त ऋतुले मौसम चिसो–चिसोको वातावरण सिर्जना गरे तापनि सुरुको क्षनिक मौसम एकदम चर्को–चर्को गरम अवस्थामा पुग्छ । नेपालमा व्यवस्थाका नाममा पटक–पटक संघर्ष र पटक–पटक लोकप्रिय देशको संविधान बनेको, बनाएको र जारी गरेको दावी गरे तापनि त्यसको अक्षरश पालनामा आजसम्म सबै मोर्चा र सबै संयन्त्र असफल भएकोमा दुई मत नै छैन ।
देशको राजनैतिक व्यवस्था फेरिए पनि र बदलिए पनि आम नेपालीबासीको अवस्था जस्ताको त्यस्तै हुन गयो । सामान्य विकास र सामान्य स्वतन्त्रता भनेको आपसे आप विकसित हुँदै जाने अवस्था भएकाले आजको लोकतान्त्रिक व्यवस्थामा नेपाली जनताको जुन किसिमको मान, सम्मान, दिँदै स्थित, सेवा, सुविधा र सुख शान्ति हुनु पथ्र्यो । त्यो पटक झुपडी–झुपडी गाउँ–गाउँ, गल्ली–गल्ली, बस्ती–बस्ती चुलो र चौकोमा ध्यान दृष्टि दिन नसक्दा र यस त्यसले आज यत्रतत्र सर्वत्र र गुनासोको महल खडा भएको छ ।
जनताप्रति बिखण्डबाट एक आपसमा दलीय झगडा, दलीय संघर्ष, दलीय स्वार्थ तथा दलीय भागबण्डासहित दलीय बिष्फोटनका कारण जनतामा एक प्रकारको नैरारथला उत्पन्न भएको छ । गल्ती कमजोरी, भुलचुक र बाटो बिराउनु सबै मानिसको साझा समस्या भए तापनि त्यसलाई दलहरुले सहर्षरुपमा स्वीकारे सार्वजनिक रुपमा आममाफि माग्ने हिम्मत राखेको भएपनि दलहरुले जन विश्वास जितेको मानिने थियो ।
जनताको लागि सिन्को समेत भाच्न नसकेका दलले खाली उपलब्धी व्यवस्था बोल्न पाएको खुल्ला हुन पाएको भन्ने कुबके राखेर जनताबाट चासो नखोज्नु नेताका लागि अहम मूर्खता पाखण्डता र अहंकारीता पुष्टि भयो । आफूले आफैलाई देवत्व कराज गर्ने र आफूले आफैलाई सम्मानको दर्जा दिनाले लोकतन्त्रको अपराध भइरहेको छ । जनताको कृतले छलले, करले र कर्वानीले प्राप्त उपलब्धीलाई सीमित नेताको खल्तीमा राखेर आफूले स्वाद लिने स्वार्थी आचरणले आजको समयमा यो भाडभैलो देखिएको हो । जनताले के दिए ? भन्ने समेत नराख्दा दल माथिको आस्था विलाषि मरेर गयो ।
आजसम्म पनि नेताले आफ्नो कमी कमजोरी स्वीकार गर्नु भनेको जनताको ठूलै अपमान हो । यो जनताको अपमानलाई नेताले ठक्कर खानै पर्छ र एक पटक पछाडि धकेलिनै पर्छ । आखिर जनताको हुन् ? के हुन् ? किन हुन् ? कहाँ हुन् र कसरी हुन् ? भन्ने प्रश्नको जवाफ दिनै पर्ने भएको छ । स्वार्थ केन्द्रित राजनीतिको भूमरीमा देश फस्यो । सबै मुक्तिका लागि आफ्नो लक्ष्य भएको बताउने दलले आज कुन स्थान र क्षेत्रका सर्वेहारा वर्गको भए आफ्नै छोराछोरी, भतिजा, श्रीमती, नन्द, माउलाई मात्र सर्वेहारा वर्ग बनाएर जो शासन चलाए त्यसले के देखायो भने यो गरीखाने नेता होइनन् यो सबै खाए गर्ने खन्चुवा नेता हुन् ।
यो र यस्ताको शासन सत्ताबाट देश र जनता टोकी रहन र बिक्री रहन सक्दैनन् । त्यसैले आफ्नो कमी कमजोरी नस्वीकार्नेका लागि यो व्यवस्था नै उचित होइन । जनताका गुनासो सुन्न र सहन नसक्ने लोकतान्त्रिक नेता होइनन् जनताको गुनासो संकलन गर्न नसक्ने लोकतान्त्रिक पार्टी होइनन् । त्यसैले व्यवस्था रुपको र व्यवस्था अनुकुलको पात्र नहुनु भनेको लोकतन्त्रका लागि अभिषाप हो । अब यो सबैको खोस्टो देखेरै चाल पाइयो । अब देख्न, हेर्न, सुन्न र भोग्न केही पनि बाँकी छैन ।
जनताका गाली शिरमा राख्न नसक्ने कसरी निला हुने ? कित जनताको फगेरी गुट्नु पर्छ कि त जनताका गाली थुपार्नु पर्छ । सदासर्वदा जनताकै थालमा भात खाएर त्यहीँ थालमा थुक्ने लाई के भन्ने ? जनताको कदर गर्न नसक्नेलाई के भनेर उपनाम दिने जुन थालमा खायो त्यो थालको सम्मान गर्न नसक्नेलाई के भनी जनताको कठघाराका उभिन नसक्नेलाई के भन्ने ? खाली जनतालाई जनार्दन ठान्न नसक्नेलाई के भन्ने ? खाली आफ्नै दुनो मात्र सोझो पार्नेलाई के भन्ने ?
कमसेकम जनताको नजरबाट गिर्नबाट बच्नु त पथ्र्यो नि ? त्यति पनि गर्न नसक्ने ? दलीय स्वार्थले देश बिगा¥यो भन्ने सके जनताको लागि लड्ने र भिड्नेले आजसम्म के हेरे के गरे ? किन बेखबर बने ? औचित्य पारेर गर्न किन सकेनन् ? भन्न सक्छन् ? जनतालाई जवाफ दिन सक्छन् ? जनतालाई विश्वासमा लिन सक्छन् ? त्यो साहस छ ? संविधान बनाएर मात्र हुने हो ? काम गर्नु पर्दैन ? जनताका जीविका बारेमा सम्बेदनशील हुनु पर्दैन ? ्