‘फोटोग्राफर प्रविधिमैत्री बन्नुपर्ने’

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, ३ मंसिर । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले बदलिँदो समयससँगै फोटोग्राफर प्रविधिमैत्री बन्न आवश्यक रहेको बताएका छन् ।

शनिवार देउखुरीको लमहीमा भएको दाङ जिल्ला फोटोग्राफर एसोसिएसनको १५औँ साधारणसभा तथा ८औँ अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष जोशीले नयाँ प्रविधि अनुसार अघि बढ्न सके मात्रै फोटोग्राफरको व्यवसाय चल्ने अवस्था रहेको भन्दै त्यसलाई बुझेर अघि बढ्न व्यवसायीलाई आग्रह गरेका थिए ।

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनका अध्यक्ष बसन्त न्यौपानेको अध्यक्षता तथा जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले फोटोग्राफर व्यवसायलाई फस्टाउनका लागि व्यवसायीलाई आफूले सक्दो सहयोग गर्न तयार रहेको बताए । अध्यक्ष जोशीले अहिलेको अवस्थामा आर्थिक मन्दीका कारण धेरै व्यवसायी पलायन भएको हुँदा यो समस्याको समाधानका लागि आफूहरू लागिपरेको जोशीले बताए ।

कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका सचिव गणेश दङ्गालले फोटोग्राफर व्यसायी धरापमा गइरहेको अवस्थामा किराना तथा मोबाइल पसलहरूमा फोटोसम्बन्धी कारोबारले थप समस्या सिर्जना गरेकाले त्यसलाई रोक्न आवश्यक रहेको बताए । उनले पछिल्लो समय धार्मिक तथा पर्यटकीयस्थलहरूमा सिन्डीकेटका रूपमा निश्चित व्यक्तिलाई फोटो खिच्न दिने कार्य गलत भएको भन्दै त्यसलाई रोक्नु पर्ने बताए ।

कार्यक्रममा सामाजिक अभियन्ता मधव केसी, काठमाडौं फोटोग्राफर निवर्तमान अध्यक्ष दिगम्बरराज वंशी, काठमाडौं फोटोग्राफर एसोसिएसनका सचिव कमल पण्डित, मोबाइल डिलर एसोसिएसनका अध्यक्ष भीमसेन डांँगी, बर्दिया फोटोग्राफर एसोसिएसनका अध्यक्ष केशव रिजाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनमा दाङका ज्येष्ठ फोटोग्राफर मधुसूदन जोशी, दामोदर शर्मा, हुताराज शर्मा, बुद्धिप्रकाश केसी, खेतुलाल श्रेष्ठ, झग्गुप्रसाद सुवेदी र बिमला भण्डारीलाई सम्मान गरिएको थियो । साधारणसभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदनमा छलफल गरी पास गरिएको थियो । उपाध्यक्ष नारायण खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दुर्गाप्रसाद चौधरीले गरेका थिए । कार्यक्रमका सहभागीलाई उपाध्यक्ष मिनराज महराले धन्यवाद दिएका थिए ।

चौधरीको अध्यक्षता नयाँ कार्यसमिति

यसैबिच दाङ जिल्ला फोटोग्राफर एसोसिएसनको ८औँ अधिबेशनले दुर्गाप्रसाद चौधरीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षहरूमा नारायण विक, हिमाल महरा, कृष्णप्रसाद पन्थी, महासचिवमा लक्ष्मण न्यौपाने, सचिवमा मिन सुनार र कोषाध्यक्षमा विष्णु न्यौपाने निर्वाचित भएका छन् ।

सदस्यहरूमा पहल बुढाथोकी, पहलसिंह बुढा मगर, मदन डाँगी, यमबहादुर आरसी (सागर), डिल्लीराज पोख्रेल, अनुपकुमार चौधरी, मनिराम बेल्बासे, गरिकुमार चौधरी र दीपल चौधरी रहेको निर्वाचन समितिका संयोजक बसन्त जोशीले जानकारी दिएका छन् । नयाँ कार्यसमिति सर्वसम्मतिले चयन भएको हो ।