Goraksha

National Daily

स्थानीय फूलको प्रवर्धनमा दाङ उवासंघको पहल

गोरक्ष समाचारदाता
दाङ, २४ कार्तिक । दाङ जिल्ला उद्योग वाणिज्य संघले स्थानीय स्तरमा उत्पादन भएको फूलको प्रवर्धनका लागि पहल गरेको छ । संघले तिहारको लागि आवश्यक पर्ने सयपत्री फूलको प्रयोग गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आग्रह समेत गरेको छ ।

उद्योग वाणिज्य संघले स्थानीय स्तरमा उत्पादन भएको फूललाई प्रवर्धन गर्न पहल गरेको संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिए । यसले थोरै भए पनि व्यवसायीलाई सहयोग पुग्ने उनको भनाइ छ ।

फूल आवश्यक पर्नेले घोराही उपमहानगरपालिका १३ मा फूलखेती गरेकी इन्द्रा बुढा, वडा नम्बर १४ मा लोकेन्द्र रोका मगर, उद्योग वाणिज्य संघ सचिवालयकी विन्दु श्रेष्ठ, घोराही १५ मा फूलखेती गरेका दशरथ साउद, घोराही ४ का दिपेश ढकाल, घोराही १४ मा फूलखेती गरेका भीमप्रकाश वलीलाई सम्पर्क गर्न समेत उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।