कला र संस्कृतिलाई संरक्षण गर्न ज्ञानज्योतिमा तिहार मेला
दाङ, २२ कात्तिक । ज्ञानज्योति मावि तलसीपुरमा तिहार मेला २०८० सम्पन्न भएको छ । बुधवार विद्यालयका शिक्षक तथा कक्षा १ र २ का विद्यार्थीहरुको आयोजनामा तिहार मेला गरिएको हो ।
मेलामा तिहारमा आवश्यक पर्ने विभिन्न किसिमका खाद्य तथा परिकारहरुको प्रर्दशनी गरिएको थियो । प्रर्दशनीमा सेलरोटी,फिनी,अनरसा,पुरी,मौसमी फलफुल तथा जाति बिशेषका परिकारहरु योःमरी,ढिक्रीलगाएतका खानेकुराहरु राखिएको थियो । प्रर्दशनीमा राखिएका परिकारहरुको प्लेगुप्रदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले अवलोकन गरेका थिए ।

परम्परागत रुपमा मनाइदै आएको तिहारको महत्व,कला संस्कृतिलाई संरक्षण गर्ने र विद्यार्थीहरुलाई सामग्रीहरु किनबेच गर्ने तरिका र खुद्रा पैसा सम्बन्धी जानकारी गराउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका संयोजक राकेश डाँगीको बिशेष सक्रियतामा भएको उक्त कार्यक्रमको उद्घाटन विद्यालयका सुप्रिन्टेन्डेन्ट प्रमोद सुवेदीले गरेका थिए । त्यस अवसरमा विद्यालयका भाइस प्रिन्सीपल मनोज केसीले मेलाको अवलोकन तथा निरीक्षण गरेका थिए ।
