दाङ,२० कात्तिक । जाजरकोट रामिडाँडा केन्द्रबिन्दु भएर फेरि भूकम्पको पराकम्प गएको छ । अपराह्न ४ः३४ बजे जाजरकोट केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले जानकारी दिएका छन् ।
भूकम्पको पराकम्पले के(कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको उनले बताए । भूकम्प पराकम्पको धक्का पश्चिम नेपालका जिल्ला साथै काठमाडौँ उपत्यकासम्म महसुस गरिएको छ ।