दाङ,१८ कात्तिक । भूकम्पमा परेर रुकुम पश्चिमा ३७ जनाको मृत्यु भएको छ ।
पछिल्लो जानकारी अनुसार शुक्रवार राती जाजकोट जिल्लाको रामेडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर अहिलेसम्म रुकुम पश्चिममा ३७ जनाको मृत्यु र ५३ जना घाइते प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिएका छन् ।
उनका अनुसार भूकम्पका कारण धेरै क्षती भएको र अहिले पनि सुरक्षाकर्मीलगायतको टोली उद्धार कार्यमै रहेको बताए । प्रमुख जिल्ला अधिकारी पन्तले गोरक्षसँग भने,‘अहिलेसम्म ३७ जनाको मृत्यु र ५३ जना घाइते भएको अवस्था छ । हामीहरु उद्धार कार्यमै छौ ।’ उनले भूकम्प प्रभावितहरुको उद्धारसँगै विस्तापितलाई राहत वितरण समेत गरिरहेको बताएका छन् । घाइतेहरुको सल्लेस्थीत अस्पतालमा उपचार भइरहेको छ ।