दाङ,२ कार्तिक । नेपाली कांग्रेस राष्ट्रियसभा मुख्य सचेतक अनिता देवकोटाले सामाजिक स्वच्छता आजको आवश्यकता रहेको बताउनुुभएको छ ।
स्वच्छ नेपालले घोराहीमा आयोजना गरेको बिजयादशमी अवसरमा आयोजित शुुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै देवकोटाले चार्डपर्वका नाममा पछिल्लो समय समाजमा बिकृति पैदा हुुदै गइरहेकाले सामाजिक स्वच्छता र संरचना समेत बिग्रिदै गइरहेकाले सामाजिक स्वच्छता आजको आवश्यकता रहेको बताउनुुभएको छ ।
स्वच्छ नेपालकी अध्यक्ष बिन्दु गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुुख अतिथि राष्ट्रियसभा सदस्य देवकोटाले चार्डपर्वका नाममा नेपाली समाज भड्किलो बन्दै गइरहेको टिप्पणी गर्नुुभएको थियो । जसका कारण हरेक क्षेत्रको स्वच्छता नेपाली समाजको बर्तमान आवश्यकता रहेको बताउनुुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले नेपाली समाजको मौलिक पर्व र परम्पराहरु बिस्तार फेरिदै गइरहेको बताउनुुभएको छ । मौलिक पर्व र परम्परा फेरिदा नेपालीपन समेत विस्तारै ओझेलमा परेको उहाँको भनाई थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्यले चार्डपर्वले सामाजिक सद्भावलाई जोड्दै हरेक धर्म संस्कृति र परम्पराबिच सद्भाव कायम राख्नुुपर्ने बताउनुुभयो । स्वच्छ नेपालकी महासचिव रेखा शर्माको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, नेपाली कांग्रेस घोराही उपमहानगर सभापति तिलक रावत, जिल्ला ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्ललगायतकाले शुुभकामना मन्तव्य व्यक्त गर्नुुभएको थियो ।