सरकार र नागरिकको दायित्व

विजय जिएम

कोरोना भाइरसको महामारीले विश्व अहिले त्रासमा छ । नेपाल कोरोना संक्रमणको दोस्रो अवस्थामा छ अर्थात संक्रमण स्थानीय स्तरमा पनि सरेको छ । संक्रमणको दर विस्तारै बढिरहेको छ । सरकारले कोरोेना रोकथाम तथा नियन्त्रणको लागि प्रयास गरिरहेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ‘६ टि’ रणनीति अन्तर्गत ट्राभल रेस्ट्रिक्सन, टेस्टिङ, टे«सिङ, ट्रयाकिङ, ट्रिटमेन्ट र टुगेदरको नीति अख्तियार गरेको छ । यो लेख तयार गर्दासम्म विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख पैतालिस हजार पा“चसय एक्काईस पुगेको छ भने संक्रमित संख्या एक्काईस लाख बयासी हजार एकसय सन्तानव्बे पुगेको छ । नेपालमा कोरोनाबाट संक्रमित संख्या सोह्र जना पुगेको छ भने अहिलेसम्म मृत्युको संख्या शुन्य छ । कोरोना भाइरस महामारीको अवस्थामा सरकार र नागरिकले गर्नुृपर्ने काम र कर्तव्यको बारेमा यो लेख केन्द्रित छ ।

१. तीव्र टेष्ट
सरकारले कोरोना भाइरसको महामारी रोक्न रेस्ट्रिक्सन अर्थात आवागमन बन्द गरेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रि हवाई आवागमन, सीमानाका र मुलुकभित्र आवागमन बन्द छ । यो अवस्थामा धेरैभन्दा धेरै नमुना संकलन गरेर सम्भावित संक्रमित पहिचान छिटोछिटो गर्नुपर्दछ । सरकारले तीव्र गतिमा आरडिटी (¥यापिड डाइग्नोस्टिक टेष्ट) र पीसिआर (पोलिमराईज चेन रियाक्सन ) टेष्ट गर्नुपर्दछ । संक्रमित व्यक्तिस“ग सम्पर्कमा आएका सवैको टे«सिङ गरी परिक्षण गर्ने, संक्रमित व्यक्ति पुगेको स्थानको ट्रयाकिङ गरी उनीस“ग सम्पर्कमा आएको सवैलाई आइसोलेसनमा राखी उपचार गर्नुपर्दछ । आरडिटी मात्र होईन पीसिआर पनि छिटोभन्दा छिटो गर्नुपर्दछ । पीसिआर नै भरपर्दो र विश्वासिलो टेष्ट विधि हो । आरडिटी गरेर मात्र ढुक्क हुने अवस्था छैन । आरडिटीमा नेगेटिभ देखिएर घर फर्किएकाहरुमा कोरोना भाइरस देखिएको छ । जति छिटो टेष्ट ग¥यो त्यति छिटो कोरोना संक्रमित व्यक्तिको पहिचान, उपचार र नियन्त्रण गर्न सम्भव हुन्छ ।

२. क्वारेन्टाइन मापदण्ड लागु
क्वारेन्टाइनमा बसेका संक्रमित व्यक्तिहरुको रेखदेख र व्यवस्थापन कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन र व्यवस्थापन गर्न बनेको मापदण्ड अनुसार छ कि छैन स्थानीय निकायले निरन्तर निरीक्षण गर्नुपर्दछ ।संक्रमित व्यक्तिस“ग स्वास्थ्यकर्मीहरुले निरन्तर सम्पर्क गरिरहनुपर्दछ । क्वारेन्टाइनमा वृद्धदेखि तन्नेरी लगाएत अन्य विभिन्न जीर्ण रोग लागेका व्यक्तिहरु हुनसक्छ । उनीहरुको हेरचाह र खानपिनमा ध्यानदिनुपर्दछ । क्वारेन्टाइन पनि घर जस्तो हुनुप¥यो । घर जस्तै वातावरण निर्माण गर्नुपर्ने देखिन्छ । अन्यथा क्वारेन्टाइनबाट संक्रमित व्यक्तिहरु भाग्ने र बस्न नमान्ने हुनसक्छ । देशका विभिन्न क्वारेन्टाइनमा रहेका संक्रमित र शंस्कास्पद व्यक्तिहरु क्वारेन्टाइनबाट भागेका समाचारहरु आइरहेका छन । स्थानीय निकायले खोज गर्नु आवश्यक छ ।

वैदेशिक रोजगार र पर्यटक संख्यामा कटौती हुन्छ । रेमिट्यान्स घट्ने देखिन्छ । पुर्वाधार निर्माणको गति सुस्त हुने देखिन्छ । गरीबी संख्या बढ्ने र ठुला कम्पनीको नाफामा गिरावट आउने देखिन्छ । तसर्थ देशलाई संकटबाट पार गर्नका लागि थिङ्क ट्याङ्कहरुले पुर्वाधार निर्माण, पर्यटन क्षेत्र, रोजगार, रेमिट्यान्स र वैदेशिक व्यापारमा विशेष योजना बनाएर कार्यन्वयन गर्नुपर्ने देखिन्छ ।

३. सुविधा सम्पन्न कोरोना अस्पताल
सरकारले कोरोना परीक्षण र उपचारको लागि देशभरका एक सय एकसय एघार वटा सरकारी तथा नीजि अस्पताल, मेडिकल कलेज र जनस्वास्थ्य अस्पतालहरुको सुचि सार्वजनिक गरेको छ । सरकारले घोषणा गरेका अस्पताल, मेडिकल कलेज र जनस्वास्थ्य अस्पतालहरुमा कोरोना भाइरस परीक्षण र संक्रमित व्यक्तिहरुको उपचार भइरहेको छ । कोरोना उपचारको लागि सुचीकृत गरिएका लेवल एक कोभिड अस्पतालहरुलाई पनि लेवल दुई कोभिड अस्पतालको जस्तै सेवासुविधा उपलव्ध गर्नुपर्दछ । लेवल एक कोभिड अस्पतालहरु रिफर सेन्टर जस्तो हुने स्थिति हुनसक्छ । लेवल एक कोभिड अस्पतालहरु पनि मध्य र जटिल केसहरु उपचार गर्ने सक्षम हुनपर्दछ । कोरोनाले महामारीको रुप लियो भने अहिलेका लेवल दुई कोभिड अस्पतालहरुले बिरामी धान्न सक्ने अवस्था छैन । लेवल एक कोभिड अस्पतालले सामान्य केश व्यवस्थापन गर्ने मात्र हुन भने लेवल दुई कोभिड अस्पतालहरुले मध्य र जटिल केशको व्यवस्थापन गर्ने हुन । जिल्ला स्थित प्रादेशिक अस्पताल, कोभिड अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई पनि लेवल दुई कोभिड अस्पताल बनाउनु आवश्यक देखिन्छ । सरकारले अहिले सञ्चालनमा रहेका कोरोना अस्पतालहरुमा विशेषज्ञ डाक्टर सहित स्वास्थ्य सामग्री थप गरेर विशेष तयारी अवस्थामा रहनुपर्दछ । कोरोना अस्पतालहरु पनि विस्तार गर्नुपर्दछ ।

४. मोवाईल पसल र होमडेलीभरि
स्थानीय निकायहरुले प्रत्येक दिन निश्चित समय तोकेर बजार खुकुलो गर्ने निर्णय गरेका छन । तर यो पनि व्यवाहारिक देखिएको छैन । दैनिक उपभोग्य सामान खरीद गर्ने नाममा बजारमा भीडभाड हुने गरेको छ । कोरोना भाइरसको प्रकोप नै भयो भने दैनिक बजार र हप्तामा बजार खुकुलो गर्ने सम्भावना नै छैन । अब कोरोनाको प्रकोप नै भयो भने उपभोक्ताहरुलाई कसरी दैनिक उपभोग्य वस्तुहरु सप्लाई गर्ने भन्नेबारेमा सोच्नु जरुरी छ । लकडाउनको समयमा पनि भीडभाडलाई नियन्त्रण गर्न अब विकल्पको रुपमा मोबाईल पसल र होमडेलिभरीको माध्यमबाट दैनिक उपभोग्य वस्तुहरु उपभोक्ताहरुको घरदैलोमा पु¥याउन सकिन्छ । प्रत्येक दिन र हप्तामा बजार खोल्नुभन्दा घुम्ती पसल र होमडेलीभरि नै उत्तम विकल्प हो । प्रत्येक वडामा मोवाईल भ्यान र अटो प्रयोग गरेर प्रत्येक दिन एक दुई दिन विराएर पालैपाले प्रत्येक वडामा तरकारी र खाद्यान्न लगाएत अन्य दैनिक उपभोग्य वस्तुहरु घरदैलोमा पु¥याउन सकिन्छ । प्रत्येक वडामा भ्यान वा अटो आउने समय तोकेर जनतालाई जानकारी दिन सकिन्छ । गाउ“घरतिर बजारको तुलनामा खाद्यान्नभन्दा पनि तरकारी र फलफुलको उपभोग धेरै हुनसक्छ । मोबाईल पसल बिक्रेता वा सेल्सम्यानले मास्कको प्रयोग अनिवार्य प्रयोग गर्नुपर्छ साथै उपभोक्ताले पनि मास्क र सामाजिक दुरी कायम गर्नुपर्छ । होमडेलिभरीको माध्यबाट पनि दैनिक उपभोग्य वस्तुहरु घरदैलोमा पु¥याउन सकिन्छ । तरकारी र खाद्यन्न बिक्रेतालाई सम्पर्क गरेर उपभोक्ताहरुले सामान अर्डर गर्न सक्छन् । ग्राहकहरुको अर्डर अनुसार बिक्रेताले सेल्सम्यानको माध्यमबाट घर घरमा सामान पु¥याउन सक्छन् । होमडेलिभरी गर्दा सामाजिक दुरी कायम राख्दै बिक्रेता र उपभोक्ताले पनि अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ ।

५. सिमानाकामा कडाई
कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणको लागि सीमानाकामा सुरक्षाकर्मीले अझै कडाई गर्नुपर्ने देखिन्छ । देश लकडाउन भए पनि बजारमा मानिसहरुको भीडभाड देखिन्छ । लकडाउन कार्यन्वयन गर्न सरकार र स्थानीय निकायहरु अझै सशक्त भएर लाग्नुपर्ने देखिन्छ । नेपाल र भारत बीच खुला सीमाका कारण सीमानाकाबाट मानिसहरु राति राति आवतजावत गरिरहेको समाचार आइरहेका छन । तसर्थ सीमानाकामा सुरक्षाकर्मी थप गरेर भएपनि नाकाहरुमा मानिसहरुको आवतजावत पुर्ण रुपमा बन्द गर्नुपर्दछ ।

७. मनोचिकित्सक परामर्श
सरकार र स्थानीय निकायले मनोचिकित्सकको पनि व्यवस्था गर्नुपर्दछ । क्वारेन्टाइन र आइसोलेसनमा बसेका संक्रमित वा शंकास्पद व्यक्तिहरुलाई स्वास्थ्य सम्बन्धी आवश्यक परामर्शको खा“चो छ । हप्तौंसम्म एक्लै बस्दा मनमा नकारात्मक भावना पैदा हुनसक्छ । मानसिक रोगहरु लाग्न सक्छ । आरडिटीमा पोजेटिभ देखिए अथवा कोरोना भाइरसको संक्रमण भए पनि उपचारपछि निको हुन्छ भन्ने परामर्श गर्नुपर्ने देखिन्छ । धेरैलाई कोरोना भाइरसको संक्रमण भयो भने मानिस बा“च्दैन भन्ने छ । आरडिटीमा पोजेटिभ देखियो भने कोरोना भाइरस लाग्यो भन्ने बुझाई छ । सबै भ्रमलाई चिर्न पनि मनोचिकित्सकको परामर्श जरुरी छ । सामाजिक दुरी कायम राख्ने नाममा कोरोना भाइरस संक्रमित व्यक्तिहरुलाई हेयको दृष्टिले हेर्न थालिएको छ । संक्रमित व्यक्ति समाजमा आफुलाई एक्लो ठानेको अनुभव गर्ने र अन्तमा डिप्रेसन र आत्महत्यासम्मको दुःखद घटना घट्न सक्छ । सचेत हुनु आवश्यक छ । संक्रमित व्यक्तिहरुमा धैर्यता र संयमितका लागि मनोचिकित्सक परामर्श आवश्यक छ ।

८. राजनीतिक दलहरु बीच एकता
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ‘६ टि’ रणनीति अपनाएको छ । ‘६ टि’ रणनीति अन्तर्गत एउटा ‘टि’ टुगेदर हो । टुगेदर अर्थात कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै तहको सरकार, निकाय र विभिन्न राजनीतिक दलहरु एक भएर काम गर्ने भनेको हो । तसर्थ यो समय आरोप र प्रत्यारोपभन्दा पनि सबै निकाय एकढिक्का भएर काम गर्नेबेला हो । विशेष गरेर सत्तापक्ष जो कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक छन उनीमा घमण्ड र दम्भ हुनुभएन । कसैलाई काखा र पाखा गर्ने सरकारी रवैया पटक्कै देखिनुभएन । सबैले इमान्दार र नैतिकताको आधारमा काम गर्नुप¥यो । सरकार सञ्चालकहरुमा रचनात्मक आलोचना र सुझाव सुन्ने धैर्यता हुनुपर्दछ । उच्च स्तरीय राजनीतिक संयन्त्रको आवश्यक परेको खण्डमा सरकार पछि हट्नु हु“दैन ।

९. खाद्यान्न र स्वास्थ्य सामग्रीको व्यवस्थापन
अहिले संघीय सरकार र स्थानीय निकायहरुले विभिन्न माध्यमबाट खाद्यान्न संकलन गरेर राहत वितरण गरिरहेको छ । सामाजिक संघसंस्था र व्यक्तिहरुले सरकारलाई सहयोग गरिरहेका छन । यदि कोरोना भाइरसको महामारी र लकडाउन पनि धेरै दिन लम्बिने हो भने संघसंस्था र व्यक्तिले अहिलेको जस्तो सहयोग गर्न सक्दैनन् । खाद्यान्नको अभाव हुनसक्छ । स्वास्थ्य सामग्रीको अभाव हुनसक्छ । सरकारस“ग पैसा भएर पनि अभावले न खाद्यान्न न स्वास्थ्य सामग्री किन्नसक्ने अवस्था रह“दैन । तसर्थ सरकारले अहिले नै खाद्यान्न र स्वास्थ्य सामग्री छिटोभन्दा छिटो खरिद गरेर सञ्चित राख्नुपर्दछ । विश्वमा स्वास्थ्य सामग्रीहरुको अभाव भइरहेको छ । अहिलेसम्म कोरोना संक्रमण परीक्षण गर्ने भरपर्दो र विश्वासिलो विधि नै पीसिआर हो । तसर्थ सरकारले जीटूजी मार्फत पीसिआर र किट लगाएत अन्य स्वास्थ्य सामग्रीको खरीदमा दिलाई गर्नुहु“दैन ।

१०. नागरिक सचेतना
कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणको लागि मुलुक लामो समयदेखि लकडाउनमा छ । सामाजिक दुरी कायम राख्दै संक्रमण फैलिन नदिन सरकारले मुलुक लरकडाउन गरेको छ । या लकडाउन कुनै पार्टी वा व्यक्तिस“ग सम्बन्धित छैन सबै नागरिकस“ग सम्बन्धित छ । यो लकडाउन जीवन र मृत्युस“ग जोडिएकाले आम नागरिकले लकडाउनको पालनको अक्षरश पालना गर्नुको विकल्प छैन । विशेष गरी सीमानाकामा बस्ने नागरिक नै सचेत हुनुपर्ने देखिन्छ । कुनै अपरिचित व्यक्ति गाउ“घर वा छरछिमेकतिर देखियो भने तुरुन्त सुरक्षा निकाय वा सम्बन्धीत निकायलाई खवर गर्नुृपर्दछ । स्थानीय निकायले विभिन्न सुचनाको माध्यमबाट नागरिकलाई नै सचेत गर्नुपर्दछ । नागरिकले पनि स्वअनुशासित भएर लकडाउनको पालना गर्नुपर्दछ ।

११. कोरोना प्रभावको योजना
कोरोनाको मुख्य प्रभाव देशको पुर्वाधार निर्माण, पर्यटन क्षेत्र, रेमिट्यान्स र वैदेशिक व्यापारमा देखिने निश्चित छ । यो वर्षको लागि लिइएको ८.५ प्रतिशतको आर्थिक वृद्धि दरलाई असर पर्ने देखिन्छ । अन्तराष्ट्रिय मुद्रा कोषले विश्वको अर्थतन्त्रको विस्तारमा सुस्तता आउने प्रक्षेपण गरेको छ । रोजगार गर्नेहरुको रोजगारी गुम्न सक्ने सम्भावना छ । वैदेशिक रोजगार र पर्यटक संख्यामा कटौती हुन्छ । रेमिट्यान्स घट्ने देखिन्छ । पुर्वाधार निर्माणको गति सुस्त हुने देखिन्छ । गरीबी संख्या बढ्ने र ठुला कम्पनीको नाफामा गिरावट आउने देखिन्छ । तसर्थ देशलाई संकटबाट पार गर्नका लागि थिङ्क ट्याङ्कहरुले पुर्वाधार निर्माण, पर्यटन क्षेत्र, रोजगार, रेमिट्यान्स र वैदेशिक व्यापारमा विशेष योजना बनाएर कार्यन्वयन गर्नुपर्ने देखिन्छ ।