संस्कार बदलौँ संसार बदलिन्छ : विजयादशमी
ब्रह्माकुमार माधव तिमिल्सेना
नवदुर्गा तथा विजयदशमीलाई धार्मिक मान्यताका रुपले हेर्दा ३३ कोटी देवतालगायत देवाधिपति इन्द्रको आसनलाई भिन्दाभिन्दै कालखण्डमा शुम्भ(निशुम्भ मधुकैटव, दुर्ग र महिषाशुर जस्ता राक्षसहरुले पराजित गरी आफ्नो अधिनमा लिन खोज्दा देवताहरुको दयनीय तथा सामुहिक पुकारबाट शिवशतिm नवदुर्गा भवानीले महिषाशुरलगायत अन्य राक्षसहरुलाई नाश गरी देवताहरुलाई रक्षा गरेको यादगार पर्व ।
त्यसैगरी रघुवंशी राजा रामले रावणलगायत उनको सबै सेनालाई नाश गरी पुनः राम राज्यमा गद्दि आरोहण गरेको सन्दर्भमा १४ वर्ष वनबास पश्चात् र रावणमाथि विजय गरेको प्रतीकमा विजयदशमी पर्वलाई हामी सनातनीहरुले तत्कालीन समयदेखि अहिलेसम्म हर्सोल्लासका साथ सामाजिक रुपमा मनाउँदै आइरहेका छौँ । सामाजिक पक्ष यस पर्वलाई आपसी मनमुटाव र तितो–पिरो भावनालाई भुल्दै पूर्वाग्रहरहीत भएर आपसी समझदारी, सद्भाव र एकताका साथ पारिवारिक समस्यालाई एक आपसमा समायोजित गर्नुका साथै आशीर्वाद एवं सहानुभूति तथा उदारवादी भावनाको विकास गर्ने प्रयोजनले वर्षेनी अन्य पर्वको तुलनामा ठूलो र महत्वपूर्ण रुपमा हामो्र समाजले स्वीकादै आइरहेको छ ।
नवदुर्गा तथा विजयदशमी पर्वको आध्यात्मिक सन्देशलाई बुझाउनु पर्दा वर्तमान समयमा हामी मानव आत्माहरुका द्दिज संस्कार अर्थात् सकारात्मक र नकारात्मक नियतहरुबाट अगाडि बढ्ने क्रममा सकारात्मकको तुलनामा धेरैजसो नकारात्मक पक्षलाई हामीले आधार बनाई सफलता प्राप्त गर्ने लक्ष्य राख्दा उल्टै स्वार्थ, वैमनश्यता रीस राग र अहङ्कार जस्ता खराब पक्षहरु हावी हुन गए ।
हाम्रा असल चरित्रलाई नष्ट गरी अमानवीय र दुःखदायी जीवन बिताउनु परेको हँुदा यस्तो अवस्थामा आसुरी र असत् पक्षलाई नाश गरी सत्य एवं आदर्श पक्षको स्थापना गर्न सर्वशतिmका सो्रत ज्योतिर्मय निराकारी रामरुपी शिव परमात्मा अवतरण हुनु परेको हो ।
हामी मानव आत्मारुपी सीतालाई कलियुगरुपी दुःख कष्टको लंका र विभिन्न विकृति एवं विसंगतिरुपी रावण तथा राक्षसी प्रवृतिलाई ईश्वरीय ज्ञान र अष्ट शतिmयुतm सहज राजयोगको शतिmद्वारा परिर्वतन गरी नयाँ दिव्य जीवन दिई रहनुभएको छ । अब परमात्मा शिव गीतामा दिइएका आफ्ना वचनअनुसार सहज ज्ञान र राजयोगको शिक्षा दिँदै हुनुहुन्छ र मानव आत्माहरुको मनोविकारहरुलाई खतम गरेर उनीहरुमा दैवी गुण धारण गराइरहनु भएको छ । अतः हामी सबैले सत्य धर्म र निर्विकारी मार्गलाई अपनाएर परमात्माको यस महान् कार्यमा सहयोगी बन्नुपर्दछ ।
हिन्दु सनातन धर्ममा नेपाल र भारतमा प्रतिवर्ष रावणको पुतला बनाएर जलाउने गरिन्छ । मानिसको यो पनि विश्वास छ कि दश टाउका भएको रावण लङ्काको राजा थियो, ऊ एउटा ठूलो शक्तिशाली राक्षस थियो र उसले श्रीसीताको अपहरण गरेको थियो । रावण निकै ठूलो विद्वान् पनि थियो । त्यसैले उसको हातमा वेद, शास्त्र इत्यादि देखाइन्छ साथै उसको टाउकोमाथि गधाको टाउको अर्थ यो लगाइन्छ कि ऊ जिद्दी र मतिहीन थियो तर अब परमपिता शिव परमात्माले सम्झाउनु भएको छ कि रावण कुनै दश टाउका भएको राक्षस (मानिस) थिएन, बरु रावणको पुतला वास्तवमा नराम्रो (खराबी) कुराको प्रतीक हो ।
रावणका दश टाउकाले स्त्री र पुरुषमा भएका पाँच–पाँच विकारहरु(काम, क्रोध, लोभ, मोह अहंकार)लाई प्रकट गर्दछन् र उसको तुलना एक यस्तो समाजको प्रतीक रुप हो जो यस प्रकारका विकारी स्त्री, पुरुषले बनेको होस् त्यस समाजका मानिस धेरै ग्रन्थ र शास्त्रहरु पढेका तथा विज्ञानमा उच्च शिक्षा प्राप्त पनि गरेका हुन्छन् तर पनि उनीहरु हिंसा तथा अन्य विकारहरुको वशीभूत हुन्छन् । यसप्रकार उनीहरुको विद्वत्ता उनीहरुमाथि नै बोझ भएको हुन्छ ।
उनीहरु उद्दण्ड भइसकेका हुन्छन् र कल्याणकारी कामको लागि उनीहरुका कान बन्द भइसकेका हुन्छन् ‘रावण’ शव्दको अर्थ नै हो जो अरुलाई रुवाउँदछ (दुःख दिन्छ) अतः यो खराब कर्महरुको प्रतीक हो किनकि खराब कर्महरुले नै मानिसको जीवनमा दुःख र आँसु ल्याउँदछ । अतएव सीताको अपहरणको भाव वास्तवमा आत्माहरुको शुद्ध भावनाको अपहरणको नै सूचक हो । यसै प्रकार ‘कुम्भकर्ण’ आलस्य तथा ‘मेघनाथ’ कटु वचनको प्रतीक हो र यो सारा संसार नै एक महाद्वीप अथवा मानिसको मन नै लङ्का हो ।
यस विचारबाट हामी भन्न सक्दछौं कि यस विश्वमा द्वापरयुग र कलियुगमा (अर्थात् २५०० वर्ष) ‘रावण(राज्य’ हुन्छ । किनकि यी दुई युगहरुमा मानिस माया वा विकारहरुको वशीभूत हुन्छन् । यी दुई यूगको समयमा अनेक पूजा–पाठ गरेर शास्त्र आदि पढेर पनि मानिस विकारी, अधर्मी र भष्टाचारी बन्दछन् । रोग, शोक, अशान्ति र दुःखको सर्वत्र बोलबाला (हाहाकार) हुन्छ । मानिसको खान, पान असुरहरुको जस्तो (मासु, रक्सी, तामसी भोजन आदि भइसकेको हुन्छ । उनीहरु काम, क्रोध, लोभ, मोह, अहंकार, ईश्र्या, द्वेष आदि विकारको वशीभूत भएर एक अर्कालाई दुःख दिन्छन् र रुवाउँदछन् ।
ठीक यसको विपरीत, स्वर्णयुगमा र रजतयुगमा रामराज्य थियो, किनकि परमात्मा जसलाई रमणीक अथवा सुखदाता भएको कारण ‘राम’ पनि भन्दछन्, उहाँले त्यस पवित्र एवं सुख(शान्ति सम्पन्न दैवी स्वराज्यको पुनस्र्थापना गर्नुभएको थियो, त्यस राम राज्यको बारेमा प्रशिद्ध छ कि त्यसबेला घ्यू र दूधको नदी बग्दथ्यो, सिंह र गाई एउटै तलाउमा पानी पिउँथे । अब वर्तमान युगमा मानवआत्माहरु फेरि माया अर्थात् रावणको प्रभावमा छन् । औद्योगिक उन्नति, प्रचुर धन, धान्य र सांसारिक सुख सबै साधन भएर पनि मानिसलाई साँचो सुख र शान्तिको प्राप्ति छैन । घर, घरमा कलह, क्लेश, लडाईं, झगडा, दुःख र अशान्ति छ तथा भष्ट्राचार, मिलावट, अधर्म र असत्यताको राज्य छ, त्यसैले यसलाई ‘रावण, राज्य’ भनिन्छ ।
हामीले प्रकृतिको सम्मान गर्न असमर्थ हुँदै आएको तस्वीर जहा, त्यहाँ हिंसा हत्यामा बर्चस्व कायम हुनुले खुलस्त छ । सृष्टिको सर्वश्रेष्ठ प्राणी मानव हाम्रो खतरनाक चालको कारण आज सबैभन्दा डरलाग्दो हालमा उपस्थित भएका छौँ । प्रकृति माताका सन्तानलाई वीभत्स ढङ्गबाट धर्म एवं पोषणको नाममा मार्न एवं लुछ्ने शोषणले प्रकृति साँच्चै रुष्ट भएकी छिन् । गाई बाखा्रले पिउने पानीमा मासुको झोल परेको गन्ध थाहा पाएपछि जस्तै तिर्खाएका भए पनि पिउँदैनन् । उनीहरुले आफ्नो स्वधर्म कट्टरतापुर्वक निभाई आएका छन् ।
त्यसैगरी हिँसामा बाँच्ने जन्तुहरु भोजनको विकल्प घाँसपातमा बिक्दैनन् तर शाकाहारी संरचना भएर पनि हामी आफ्नो मनोकामनाका दुषित भारीहरु बोकेर देवी कालीको नाममा भाकल गरी अमूल प्राणीमाथि काल बन्न छाडेका छैनौ । यहांसम्म कि मानव सन्तान अबोध बालबालिका पनि त्यही गिरोहको फन्दामा परेर बलि दिएका विभिन्न घटनाहरुले हामीलाई त्रसित र भयभित बनाइदिएको छ । अब यस्ता अधर्म कार्य रोकिनु पर्छ र प्रेमको प्रसारण हुनुपर्छ । बलिप्रथा निषेध चेतना एवं शाकाहारी बन्ने अभियानमा सहभागी बनौ । हे मानव आत्माहरु हामी एक्काइसौँ शताब्दीको वर्तमान युगमा दौडिरहेका छाँै । दौरा सुरुवाल गुन्युचोलीबाट बिच्किएर टाइसुट र मिनिस्कटमा खस्किएका छौँ ।
बाँसका कलमले शास्त्र गुथ्ने रित आज ल्याप्टपमा विश्व नजिक भएका छौ । साधुवाद छ प्रविधिलाई जसले मानव जीवनमा सहजता त बनायो तर परम्परा एवं रिति रिवाजको नाममा आज पनि असहाय प्राणीमाथि हामी बहादुरीताका साथ हमला गर्दैछौँ । दशा सङ्कट टर्ने आशामा भाकलको थोत्रो विश्वास लिएर मानवीयतालाई तिलान्जली दिन पछि परेका छैनौ ।
त्यसैले त आज हाम्रा देवीस्थानहरु रगतले बिटुलिएका छन्, हाम्रा विवेक र विचारका सो्रतहरुमा असह्य डढेलो सल्केका छन् । बाँच्ने आशामा लुछ्ने लालचबीच हाम्रा मगज सड्केका छन् अब त यो अति भयो, हद बन्दी धेरै पार भयो । स्वस्थ समाज निर्माणको महान अभिभारामा यदि मानव हामी जिम्मेवार छौ भने बलिप्रथाको महामारी कलङ्क मेटाउनै पर्छ । यहाँ मैले यर्थात चित्रण गर्ने प्रयास मात्रै गरेको हुँ । यी विचारले कहिँ कतै संस्कृती र परम्पराको उपहास भएको भए क्षमा चाहान्छु आखिर सत्य तितो हुन्छ हैन र ? हे संसारको सर्वश्रेष्ठ प्राणी मानव सक्छौ भने देऊ बलि अन्याय र अत्याचारको घुसखोरी भ्रष्टाचार झुठ अनि बेमानीको ।
सक्छौ भने बलि देऊ अन्धविश्वास कुरीतीको, छुवाछुत, भेदभाव, अशिक्षा र अशान्तिको तर नदेऊ बलि यहाँ निर्दोष पशुपंक्षीको । केवल औपचारिक रुपमा वर्षभरिको तनाव, मनमुटाव र विभिन्न पापकर्मलाई पन्छाउन १०÷१५ दिनको दशैँ पर्वमा उल्टै विभिन्न निरीह प्राणीको हिंसा गरी यस पर्वलाई मनाउँदा अप्रत्यक्ष रुपमा समाजमा हिंसात्मक र कुलतयुतm गतिविधिहरु बढिरहेको छ । यदि हामीले चिरकालीन सुख प्राप्त गर्ने दशैँ मनाउने हो भने सर्वप्रथम् असत् र स्वार्थ पक्षबाट माथि उठौँ तब नै आनन्दमय वा स्वर्गीय वा अतियन्द्रीय सुखको अनुभूति गर्न सक्ने छौँ ।
यही सस्कारले भविष्यमा हुने कलियुगी महाविनाश पश्चात्को रामराज्यरुपी सत्ययुगमा देवदेवीको रुपमा पुर्नस्थापित हुनेछौँ । तसर्थ वर्तमान समयको माग अनुरुप हामी सबैले आफ्ना दुश्चरित्रहरुलाई ईश्वरीय शतिmको सहयोगले परिर्वतन गरी ज्ञानी एवं पवित्र जीवन व्यतित गरौँ । आजको समयको माग र जीवन रुपान्तरणको सुनौलो अवसरलाई सदुपयोग गरौँ ।
अन्तमा, आफूभित्रका दुर्गुण मनोविकार र दरिद्र मानसिकतालाई छोडेर ती विसंगती तथा विकरालतामाथी विजयी वन्दै सकारात्मक सोच, सबैप्रति शुभभावना शुभकामनाका पुष्पहरुले पल्लवित हुँदै जीवनलाई सभ्य, सुसंस्कृत, व्यवस्थित एवं सरल बनाउने गन्तव्यमा कदम अगाडि बढाउने हिम्मत गर्नु नै महानता हो । निधारमा आत्मिक स्मृतीको तिलक, मुखमा मधूरता, हृदयमा कोमलता, नयनमा पवित्र दृष्टि राख्दै आपसी सद्भाव मित्रता तथा आन्तरिक सुन्दरतामा रमाउँदै कानमा दीर्घ जीवनको प्रतिक जमरा लगाएर उमंग उत्साहरुपी पखेटाद्धारा खुसीमा नाच्नु बास्तवमा विजया दशमी मनाउनु हो ।
अमूक प्राणी म्यां म्यां हैन मै मै रुपी अभिमान तथा अहंकारको शीर क्षेदन गर्दै आत्मिक ईश्वरीय नशामा आफूलाई समाहित गर्ने अभिलाशाले पक्कै पनि स्व परिवर्तन नै विश्व परिवर्तनको आधारशीला बनी समुन्नत समाज निर्माणमा एक अध्याय थपिन सक्छ । यही आद्यात्मिक रहस्यलाई ध्यान दिँदै आफूभित्रका मनोविकृती तथा कमी कमजोरीको समाप्ती गराँै ।
विजया दशमीको यस सुखद् घडीमा सबैमा माता भवानीको आर्शिवाद बनिहोस् परमात्मा शिव पिताको वरदानी हात हाम्रो यात्रामा एक छत्रछायाको रुपमा सुरक्षा कवज भइरहोस् । निकट भविष्यमा यस धरतीमा स्वर्णिम दुनिया रामराज्यको प्रार्दुभाव हुँदै छ । त्यसका लागि हाम्रो तन मन धन सबै सफल गरौ, अन्यथा पश्चातापमा खुनका आसु बग्ने दिन नआउला भन्न सकिँदैन । भनिन्छ अहिले नभए कहिल्यै हुँदैन । सबै स्वच्छ बनून, सबै निरोगी होउन, सबै सम्पन्न बनून, चारैतिर समृद्धि छाओस् । मेरो व्यक्तिगत र ओम् शान्ति परिवारकोतर्फबाट यही उपहार स्वीकार्नु होला ।
यस शुभ मुहूर्तमा सम्पूर्ण पाठकगण एवं समस्त आत्माहरुको उत्तरोत्तर प्रगति, समृद्धि, सुख, शान्ति, सुस्वास्थ्यको मङ्गलमय शुभकामना व्यक्त गर्दछु । कोभिड–१९ हाम्रै कारण निम्तिएको परिणाम हो तसर्थ अब हामी सच्चिनु पर्छ र परिवर्तन यूगको माग पनि हो । हाम्रा सोच संस्कार र कार्यशैली अनि जीवनशैलीमा रुपान्तरणको जरुरी छ । तोकिएका मापदण्डलाई पालना गर्दे मानसिक रुपले विचलन नभएर यस महामारीलाई विजय गर्ने हिम्मत हामी सबैमा आवस् र यस विश्वमा पुनः शान्ति सुख अमनचैन र पूर्ववत् अवस्थाको शुभारम्भ हुन सकोस् । जो जहाँ छौँ सुरक्षित रहँदै भयरहित हाम्रो संस्कृति र मर्यादाको पालना गराँै । सबैको जय होस् सबैको कल्याण होस् । ओम् शान्ति ।