राजपुरमा निरन्तर निस्सा बितरण

शिवराज खनाल
दाङ,३० असोज । राजपुर गाउँपालिकाले पालिकाभित्रका वडाहरुमा क्रमशः निस्सा बितरण गरि रहेको छ । बिगतदेखि पालिकाभित्र बसोबास गरिरहेका भुमिहिन सुकुम्बासी, भुमिहिन दलित, बिप्पन्न तथा अव्यवस्थित बसोबासीको लगत संकलन गरेको थियो ।

सोही आधारमा छनौटमा परेका भुमिहिन सुकुम्बासी, भुमिहिन दलित, बिप्पन्न तथा अव्यवस्थित बसोबासिहरुलाई निस्सा बितरण गर्दै आएको हो । यहि क्रममा गाउँपालिले वडा नम्बर २, ३, ४ , ५ र ६ मा निस्सा बितरण गरिसकेको छ । साथै वडा नम्बर १ पुरै र वडा नम्बर ७ को नाका क्षेत्रमा निस्सा बितरणको तयारीमा रहेको पालिकाले बताएको छ ।

गाउँपालिकाको टोलीले मंगलवार वडा नम्बर ७ सिक्टा र गोठुवामा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका लागि निस्सा बितरण गरेको हो ।

निस्सा प्राप्त गरेको प्रमाणपत्रकै आधारमा जग्गा नापजाँच तथा अन्य प्रक्रिया अघि बढ्ने भएकोले यसको संरक्षण गरेर राख्न पालिका अध्यक्ष शरदकुमार बुढाथोकीले अनुरोध गरे । क्रमशः निस्सा बितरण सबै वडामा गरि सक्ने र यसपछी अन्य प्रक्रियाको काम थालेर चाडै राजपुरका सुकुम्बासी तथा भुमिहिनहरुलाई धनीपुर्जा उपलब्ध गराईने उनले बताए ।

तेस्तै गाउँपालिका उपाध्यक्ष धनपतीदेबि यादबले पालिकाभित्र बसोबास गर्ने कोही पनि जग्गाधनी पुर्जाबाट बन्चित नहुने गरि पालिकाले काम गरिरहेको बताइन । तेस्तै वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीले चाडैनै वडाका बाकी क्षेत्रमा निस्सा बितरण गरिने बताए ।

कार्यक्रम राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर वलीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता, र उपाध्यक्ष धनपतीदेवि यादवको विशिष्ट आतिथ्यता भएको हो। उक्त कार्यक्रममा भुमी ब्यबस्थापन शाखा प्रमुख शरद रेग्मी, शाखाका कर्मचारी, वडाका कर्मचारीलगायत स्थानीयबासीहरुको समेत सहभागीतामा रहेको थियो । अन्य स्थानमा निरन्तर रुपमा निस्सा बितरण कार्य चालु रहने गाउँपालिकाले जनाएको छ ।