श्रद्धा बिनाको श्राद्ध नगरौँ, नगराऔँ
मधुसूदन सुवेदी
श्राद्ध भनेको आफ्ना दिवंगत परिवारजनको पुण्य तिथि हो । यो श्राद्ध दिवगंत भएको वा मरेको तिथिलाई आधार मानेर पितृ स्मरण गर्ने गरिन्छ । आफ्ना परिवारका सदस्यहरुलाई सर्वप्रथम त जीवित छँदा, जिउँदै छँदा उचित लालन–पालन, स्याहार–सुसार, खानपान, भक्ति भाव, माया, प्रेम, सद्भाव सतचरित्रमान, समान, दया, करुणा गर्न सक्नुप¥यो ।
बाजुञ्जेल श्राद्ध भक्ति र मरेपछिको श्राद्ध मात्र कामीयाप हुन्छ । यदि कोही कसैले आफ्ना पितामातालाई जीवित छँदा उचित सम्मान उचित स्थान दिन सकेको छैन भने मरेपछिको श्राद्ध नगर्दा पनि हुन्छ । किन भने जुन बाबुआमा जिउँदो हुँदासम्म आफूले जन्माएको हुर्काएको र पालन–पोषण गरेको छोरादेखि सन्तुष्टि हुन सक्नु भएको थिएन भने त्यस्ता बाबुआमा मरेपछि आफ्नो छोराको कुनै पनि श्राद्ध, जल, पिण्ड, पानी ग्रहण गर्दैनन् । त्यस्ता पितृले आशा गर्दछन्, जसले जिउँदो छँदा आफ्नो छोराले उचित सम्मान गरेको होस् ।
आजको युग कलियुग हो आजको युग वैज्ञानिक युग हो । आजको युग मौलिकवादको युग हो । सबैका छोरा बाबुआमाप्रति आज्ञाकारी, पितृ भक्त, मातृभक्त हुन्छन् र छन् भन्ने ग्यारेन्टी केही छैन । आजको समाजले आजको राज्यले, आजको दुनियाले वृद्धाश्रम किन स्वीकार गरेको छ ? बुढापाका, रोगी, अपाङ्ग, अशक्तलाई वृद्धाश्रममा राख्ने र छोड्ने कुन शास्त्रमा लेखिएको छ । वृद्धाश्रम खोल्ने, चलाउने सञ्चालन गर्ने र प्रयोगमा ल्याउने शास्त्र कुन शास्त्र हो ? किन यसलाई घृणा, तिरस्कार, अस्वीकार, व्यवस्थापन गर्न सकिएन ?
सबैको चाहना यहि भएर होइन ? बाँच्दासम्म बुढाबुढी आमाबाबालाई वृद्धाश्रममा राख्ने मरेपछि शीरको डल्लो पल्टाउनको लागि श्राद्ध गर्ने ? कुन शास्त्रमा लेखिएको छ ? यतिबेला सबै चुकेका छन्, सबै झुकेका छन् । केवल वृद्धवृद्धा, बालबालिका, सशक्त र अपाङ्गताको नाममा सङ्घसंस्था खोलेर उनीहरुलाई दयाको माया र पात्र बनाएर कमाउ धन्दा चलिरहेकै छ । कसैका बाबुआमा, कसैका पेसा चलाउने माध्यम बनिरहेको छन् ।
कसैका अवैध सन्तान कसैको गरिखाने भाँडो बन्दै छन् । कसैका अपाङ्गता कसैले डलर माग्ने वा थाप्ने कमण्डलु बन्दै छन् । कसैका दुव्र्यसनी सन्तान कसैको धन्दा चलाउने महल बन्दै छन् । जो जसको हो उसले स्याहार्न किन नसक्ने ? सम्हाल्न किन नसक्ने ? नियन्त्रण गर्न किन नसक्ने ? पालन–पोषण गर्न किन नसक्ने ? आफ्नो बनाउन किन नसक्ने ? कलाकार, अभिनेताहरुले नक्कली बाबु, नक्कली आमा, नक्कली छोरा, नक्कली सासुससुरा, नक्कली दिदिबहिनी, नक्कली दाइभाइ, नक्कली आफन्त बनाएर हाँसीहाँसी खुसीको जीवन बिताइरहेका छन् भने हामीले सक्कली आफन्तसँग पाउन नसक्ने ?
कस्तो अचम्म ? आधुनिकताका नाममा छोराछोरी नाममा विदेशी मुद्रा थाप्ने पात्र बनाएका छन् । यो समयमा मानिस यति भौतिकवादी, यति आधुनिकवादी, यति नास्तीकवादी भयो कि जसको मान नै छैन । खाली आफ्ना लागि मात्र, खाली आफ्नो शरीरको लागि मात्रै, खाली आफ्नो सेवा सुविधाको लागि मात्र जे सजिलो हुन्छ, जे सहज हुन्छ, जे हलुङ्गो हुन्छ, जे स्वतन्त्र हुन्छ, जे आनन्द हुन्छ र जे रमाइलो हुन्छ । त्यसका दातीर मात्र मान्छेले काम गर्दै गएको छ ।
धर्म, अर्थ, काम, मोक्ष कुनै पनि कुराको चिन्ता र चाँसो छैन । धेरै परको, धेरै यदाको र सामान्य व्यक्तिको मात्र कुरा के गर्नु । यो बेलामा, यो मौकामा, यो अवस्थामा र यो व्यवस्थामा देशको प्रधानमन्त्री राष्ट्रध्याय होइन ? धर्मलाई लोभ मोह गर्न कोसिस नगरौँ है । देशको प्रधानमन्त्री हामी सबैको अभिभावक होइन ? उसले समेत धर्म निरपेक्षका नाममा परिवार, छिमेक समाज र राष्ट्रमा र विदेशमा समेत गलत सन्देश जाने कर्म गरिरहेका छन् ।
त्यो सब के–का लागि ? कसलाई देखाउनका लागि आफ्नो परिवार र देशभन्दा प्यारो के छ ? परिवारलाई लात हानेर बात मार्नेका लागि श्राद्ध किन गर्ने र गराने ? देशमा चरम वेथिति हुँदैछ । कसैको पनि ध्यान गएको छैन । हरे मोले हाम्रो पुस्तालाई यस्तो संस्कृति र यस्तो संस्कार दियौँ भने पछिल्लो पुस्ताले हाम्रा लागि के गर्ला ? विकृति भित्र्याउने साना र सामान्य