Goraksha

National Daily

युराे किड्सद्वारा बधाई तथा शुभकामना कार्यक्रम

दाङ, १८ असाेज । दाङकाे घाेराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित युराे किड्सकाे आयोजनामा दाङ जिल्ला उद्याेग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएकाे छ ।

विद्यालयले आज बिहीबार एक कार्यक्रमकाे आयाेजना गरी संघमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेकाे हाे ।

कार्यक्रममा बाेल्ने वक्ताहरूले संघ र विद्यालयकाे सम्बन्ध अझ मजबुत राख्न आवश्यक रहेकाे बताएका थिए । संघमा विद्यालयकाे सदस्यता बढाउने कुरामा पनि बाेल्ने वक्ताहरूले जाेड दिएका थिए ।

कार्यक्रममा संघका अध्यक्ष बसन्त जाेशी, प्याब्सन दाङका सचिव आदिम केसी लगायतले मन्तव्य राखेका थिए ।

विद्यालयका अध्यक्ष कैलाश खत्रीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

विद्यालयका प्रिन्सिपल सुधीर बत्स्यालकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रम शिक्षिका पूर्णिमा याेगीले गरेकी थिइन्