लोकृयताका लागि हैन, मानवसेवाका लागि जुटौं : सांसद गिरी

सुवास डिसी
तुलसिपुर, ५ बैशाख । प्रदेश नम्बर ५ का सांसद शंकर गिरिले कोरोना भाइरसबाट सुरक्षित रहन सबैमा अपिल गरेका छन् । नेपाली काङ्ग्रेसका नेता समेत रहेका सांसद गिरिले आज एक अपिल जारी गरि कोरोना भाइरसबाट सुरक्षित रहन सरकारले जारी गरेको लकडाउन पूर्ण रुपले पालना गर्न पनि आह्वान गरेका छन् ।

सांसद गिरीले राहत बितणलाई थप प्रभाबकारी तथा पारदर्शी बनाउदै कोही पनि बिपन्न, असाहाय, गरिव, मजदूर खानै नपाउने अबस्थामा पर्न नदिन सबै गंभिर बन्नुपर्ने समेत बताएका छन् । ‘यो बेला प्रतिष्ठा कमाउने, लोकपृयता हासिल गर्ने भन्दा पनि इमान्दारिका साथ मानवसेवामा जुट्नु पर्दछ,’ गिरीले भनेका छन्,-‘राहत वितरणका बेलामा भएका मानवीय त्रुटीहरुलाई सच्याउदै दाताहरु तथा राज्यको सहयोगको सम्पूर्ण रुपमा सदूपयोगका लागि साझा प्रयत्न थालौं ।’ उनले आफ्ना पार्टीका सबै नेता कार्यकर्तालाई पनि लकडाउनको पालना गर्दै कोरोना बिरुद्धको लडाईमा योगदान गर्न आह्वान गर्दै सुरक्षित रहेर मानवसेवामा जुट्न पनि अपिल गरेका छन् । ‘पार्टीका आफ्ना आन्तरिक गतिबिधी स्थगन भएको बेलामा कार्यकर्ताहरुले मानवसेवालाई नै आफ्नो मुख्य लक्ष्य बनाएर यो लडाईमा अनुशासित सिपाहीको भूमिका खेल्नु पर्दछ,’- उनले भनेका छन् ।

यो परिस्थितिमा जनप्रतिनिधिको भूमिका प्रभाबकारी देखिने र कर्तब्य पनि भएकाले आबश्यक ठाउँमा उचित राहत सामाग्री उपलब्ध गराउनका लागि हिड्ने मात्र नभई दौड्नु पनि पर्ने तर्फ पनि उनले ध्यानाकर्षण गराएका छन् । साथै उनले महामारीको बिरुद्धमा राज्यलाई साथ दिदै स्वास्थ्याकर्मी, सुरक्षाकर्मी, सन्चारकर्मिहरुले निर्बाह गरेको भूमिकाको प्रशंसा गर्दै निरन्तर त्यस्तै भूमिका रहेन बिश्वास पनि व्यक्त गरेका छन् ।