Goraksha

National Daily

टेली सिरियल `डिङ्नो जीवनको साहारा´को छायांकन हुँदै 

निरला अर्याल

तुलसीपुर,१५असाेज । दाङमा टेली सिरियल डिङ्नो जीबनको साहाराको छायांकन गरिने भएको छ ।

दाङ जिल्लाको भाषा, कला- संस्कृतिलाई झल्काउने गरि पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित रहेर टेली सिरियल छायांकन हुन लागेको हो । जीबनको साहाराको रूपमा रहेको डिङ्नोले दाङको भाषा, संस्कार, रीतिरिवाज र रहनसहन समेटेको छ ।

दाङका पर्यटकिय क्षेत्रहरुमा छायांकन गर्न उक्त टिम दाङ आएको  टेली सिरियल डिङ्नोका निर्देशक बिष्णु बुढाथोकीले जानकारी दिएका छन्  । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजनामा भएको साक्षात्कार कार्यक्रममा बोल्दै कलाकार तथा निर्देशक बुढाथोकीले भने,´बुढेसकालको साहारा बन्ने डिङ्नोले आफ्ना छोराछोरीलाई बुबाआमाले गलत बाटोमा जान नदिनको लागि प्रयोग गर्नुहुन्छ  ।´

विविध कारणले घर, देश छोड्न बाध्य भएका नेपालीहरुको अन्तरमनको कथा समेटिएको टेलिसिरियल हो डिङ्नों भएको बताए। दाङका विभिन्न पर्यटकीय क्षेत्रमा ५ सय भाग छायांकन गरिने जानकारी दिए  ।

संघका अध्यक्ष्य सन्तोष केसीको अध्यक्षतमा भएको साक्षात्कार कार्यक्रमममा बोल्दै पटकथा तथा संवाद पूर्ण गन्धर्वले समाजका हरेक क्षेत्रहरु सामाजिक, आर्थिक राजनैतिक तवरबट अस्तव्यस्त  भएको बताउनु भयो यो समयमा यही बेसहारा को साहारा, भरोसा बन्दै गएको डिङ्नो गहन बिषयबस्तु बोकेको छ ।

असोज १५ गतेबाट बंबई गाउँपालिकाकाे विभिन्न ठाउँबाट छायांकन सुरु गर्ने समेत जानकारी दिए । कार्यक्रममा नाट्यकर्मी महासंगका महासचिव जेबि डिसी,कलाकार तथा परिकल्पनाकार कुलदीप अधिकारी, कलाकार सरिता कठ्यत, अनिसा न्यौपाने र सन्तोषी पौडेलको उपस्थिति रहेको थियो ।

संघका संस्थापक उपाध्यक्ष चेतन रेग्मी, सल्लाहकार शरद रेग्मीलगायले छायांकन गर्न सहयोग गर्ने बताएका थिए । संघका सदस्य झग्गु भण्डारीको स्वगत मन्तव्यबाट सुरु भएको कार्यक्रमक सहजीकरण सचिव निरला अर्यालले गरेकी थिइन ।