Goraksha

National Daily

सोनापुर सिमेन्ट उद्योगले रुन्टीगढीलाई दियो १ सय कुइन्टल चामल

1 min read

सन्तोष शर्मा

होलेरी(रोल्पा), बैशाख ५ । दाङको दुधरासमा रहेको सोनापुर सिमेन्ट उद्योगले रोेल्पाको रुन्टीगढी गाउँपालीकाको खाद्य बैंकमा १ सय कुइन्टल अर्थात १० टन चामल खाद्यान्न सहयोग गरेको छ ।

उद्योगका महानिर्देशक हरी पाठकले आज मात्रै गाउँपालीकाको खाद्य बैंकमा १ सय कुइन्टल चामल सहयोग गरेको जानकारी दिएका छन् ।

विश्वभर महामारीका रुपमा फैलिएकोे कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण गरीब, अत्ति विपन्न नागरिकमा दैनिकी चलाउन समस्या भएको कुरालाई मध्यनजर गरी ति परीवारका लागी गाउँपालीका मार्फत सहयोग गरिएको महानिर्देशक पाठककोे भनाई छ ।

आपतकालीन समयमा सहयोग गर्न पाउँदा आफुहरु धेरै खुसी भएको समेत उनको भनाई छ । दाङ्मा पनि पीपीइ लगायतका स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको उधोगले आवश्यक परेमा अन्य सहयोगका लागि पनि आफुहरु तयार रहेको वताएका छन् ।

सहयोग जम्मा भएपछि गाउँपालीकाका प्रमुख बुढाले कम्पनी परीवारलाई धन्यावाद दिदै, विपतका वेला आफनो कार्यक्षेत्र भित्रका नागरीकलाई रहात प्रदान गरी कम्पनीले पुन्य कर्म गरेको समेत चर्चा गरे । उनले भने,-‘यतिवेला सवैले आ­आफनो ठाउँवाट सहयोग गर्ने समय आएको छ, सवै एक भएर जुट्यौ सहयोगी मन लियौ भने मात्र कोरोनालाई जित्न सक्छौँ र यो वेला निजी क्षेत्र तथा व्यक्तिले पनि ठुलो भुमिका खेल्न सक्छ ।’
साथै उनले सरकार मात्रै एक्लैले केही गर्न नसक्ने भन्दै रुन्टीगढी गाउँपालीकामा रहेका अन्य सरोकारवाला निकाय,व्यक्तिहरुले पनि गाउँपालीले स्थापना गरेको विपत व्यवस्थापन कोषमा सक्दो सहयोग गर्न अनुरोध गरेका छन ।
अध्यक्ष बुढाले हिजोदेखि गाउँपालीकामा रहात वितरण सुरु भैरहेको र एकद्वार प्रणालीबाट राहत वितरण हुने जानकारी समेत दिए । उनले कुनै पनि विपन्न नागरिक खान नपाएरै भोकै वस्ने अवस्था सृजना हुन नदिने कुरा वताए । उनले कोराना संक्रमणको विभिन्न पक्षबाट मुल्यांकन गरेर चरणवद्ध योजना वनाएको कुरामा पनि जोड दिए ।