Goraksha

National Daily

मतदाताका गुनासा सुन्दै संयुक्त व्यवसायिक प्यानलका उम्मेदवार

घोराही,९ असोज । यही असोज १३ गते हुने दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनले बजार तताएको छ । उम्मेद्वारहरुले आफ्नो पक्षमा मतदान गर्नकालागी अनुरोध गर्दै व्यवसायी भेटघाट तथा प्रचारप्रसारलाई तिब्र बनाएका छन् ।

यसैक्रममा बसन्त जोशी नेतृत्वको संयुक्त व्यावसायी प्यानलका उम्मेदवारहरूले घरदैलो तथा व्यवसायी भेटघाट भेटघाट क्रममा तपाईंहरु नै हाम्रो भरोसाका केन्द्र रहेको व्यवसायी मतदाताले बताएका छन् ।

व्यवसयीको नेतृत्व गर्ने क्षमता भएको नेतृत्व र काम गर्नकालागी जोशिलो युवाको टिम भएको हुँदा व्यवसायीको रहेक सुख दुखमा साथ दिनेमा हामीले बिश्वास गरेको एक व्यवसायीले भने,‘निर्वाचनमा आशा देखाउने धेरै हुन्छन,तर उनीहरुले काम गर्दैनन् । तपाई आफ्नै मेहनतले सानो व्यवसायलाई बढाउँदै ठुलो व्यवसायी बन्दै नेतृत्वको आकाक्षी बन्नुभएको छ, तपाईले हामी जस्ता व्यवसायीक गुनासा बुझ्नु हुनेछ भन्ने आशा र भरोसा छ ।’

मन्जिल बेबी जोनका प्रोपाइटर माया महरा दंगालले सानोदेखि ठुलो व्यापारीलाई समान रुपको व्यबहार गर्न अनुरोध गर्दै हामीलाई ठुलो आशा न देखाइ स–साना समस्याको समाधानका लागि अग्रसरता देखानेमा आशावादी समेत रहेको बताइन् ।

व्यवसायी भेटघाट तथा घरदैलो गर्दै चुनावी प्रचारप्रसार गरिरहेको संयुक्त व्यवसायी प्यानलले मंगलबार बिहानैदेखि घोराही उपमहानगरपालिका वडा नम्बर १०, १४, १५ का नारायणपुर, अटो भिलेज, सहिद गेट, मालपोत कार्यालय, बन कार्यालय , काठेकोहलगायतका क्षेत्रमा घरदैलो तथा व्यवसायीहरुसँग भेटघाट गरेको संयुक्त निर्वाचन प्रचारप्रसार समितिका संयोजक विश्व पौडेलले जानकारी दिएका छन् ।

सुरक्षित व्यापार वर्तमानमा सम्मान भविष्यमा परिणाम, संयुक्त व्यवसायी प्यानललाई विवेकपूर्ण मतदान भन्ने मुल नाराका साथसहित संयुक्त व्यवसायी प्यानलबाट अध्यक्षमा वसन्त जोशी, वरिष्ठ उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा भरतप्रसाद रेग्मी, वाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा विकाश वली, कोषाध्यक्षमा जगत आचार्य, सहकोषाध्यक्षमा माधव खनाल उम्मेद्वार रहनुभएको छ ।

यस्तै उद्योग सदस्यमा विक्रम राना, महिला सदस्यमा लिला नेपाली, वस्तुगत सदस्यमा विष्णुप्रसाद रिजाल, एशोसियट सदस्यमा युवराज पोख्रेल, वाणिज्य सदस्यमा रुद्रबहादुर जैशी, दिपक पण्डीत, निमबहादुर बुढाथोकी (टिका), युवराज पन्त, रामप्रसाद पोख्रेल, पुष्करराज न्यौपाने, नोर्बु तामाङ (लामा) र सुरज बुढाथोकी रहेका छन् ।