उद्योग उपाध्यक्षका बलिया उम्मेदवार ‘भरतप्रसाद’
दाङ, ८ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशनको मिति नजिकिदै गर्दा चुनावी सरगर्मीले बजार तातेको छ । यही असोज १३ गते शनिवार हुन गइरहेको संघको अधिवेशनको मिति नजिकिदै आउन थाल्दा व्यवसायीहरु आफ्ना नेता चुन्न विभिन्न बहस र परामर्शमा व्यस्त रहेका छन् ।
अहिले चिया गफदेखि विभिन्न पसल तथा होटल रेस्टुरामा समेत चुनावी माहोलले तताएको छ । दलीय गठबन्धन गरेर चुनावमा होमिएका व्यवसायीका बारेमा पनि त्यस्तै बहस बाक्लिदै जान थालेको छ । दलकै चिया गफमा प्यालनमै जोड दिइएको छ भने । राजनीतिक दलसँग घनिष्टता नरहेका व्यवसायी भने उम्मेदवारका गुण अवगुण र व्यवहारबाट पनि उम्मेदवार छनौट गर्नेमा बहस गरिरहेका छन् ।
व्यवसायीहरुकाबिच सहमतिबाटै नेतृत्वलगायतको कार्यसमिति निर्माण गर्ने सम्भावना नभएपछि चुनावी प्रक्रियामा गएका हुन् । अहिले विभिन्न राजनीतिक दल निकटका व्यवसायीहरु दुई प्यानलमा विभाजित भएर चुनावमा होमिएका छन् । बसन्त जोशीको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल निर्माण भएको छ ।
जोशीकै प्यानलबाट उद्योग उपाध्यक्षको चुनावी मैदानमा उत्रिएका छन् भरतप्रसाद रेग्मी । भरतप्रसाद व्यवसायीका बिचमा नौलो नाम भने होइन । लामो समयदेखि व्यसायमा संलग्न उनी शालीन र भद्र व्यक्तित्वको पर्याय हुन् । अनुभवले खारिएका, जिम्मेवारीलाई सदैव शिरोधार्य गर्ने, कर्तव्यनिष्ठ भरतप्रसाद कर्तव्यपरायणताका दृष्टान्त हुन् ।
शिष्ट, नम्र तथा भलाद्मीका पर्याय मानिने भरतप्रसाद वर्तमान कार्यसमितिका उद्योय सदस्य पनि । उद्योग सदस्यको भूमिकामा रहँदा उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । उद्योग उपाध्यक्षका उम्मेदवारका रुपमा आफूलाई दर्ज गरेका भरतप्रसाद व्यवसायीले रुचाएका उम्मेदवार पनि हुन् । व्यवसायीका समस्या र मुद्दामा सदैव अग्रसर रहने र व्यवसायीका समस्यालाई सधै सम्बोधन गर्न तत्पर रहे ।
भरतप्रसाद रेगमी उद्योग उपाध्यक्ष पदका उम्मेदवार दाड जिल्ला उद्योग वाणिज्य संघ यही असोज १३ गते हुने दाड जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा संयुत्त व्यवसायिक प्यानलका उम्मेदवार हुन । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ गोग्लीमा एप्रो सिपी फिटिङ इन्डस्ट्रिज प्रालि सञ्चालन गर्दै आएका भरतप्रसाद कुशल व्यावसायिक रणनीति निर्माणकर्ता हुन् ।
उद्योग उपाध्यक्षका बलिया उम्मेदवारका रुपमा भरतप्रसाद दर्ज भएका छन् । २०५४ सालदेखि २०५६ सालमा दाङको लमही—तुलसीपुर सडक पिच गर्ने क्रममा हानियो कोरियन कम्पनी प्रोजेक्टर हेड भएर जिल्लाको समृद्धिसँग जोडिएका भरतप्रसाद २०४५ सालमा कोहोलपुर–महाकाली बाटो निर्माणका क्रममा केडिसी कम्पनीको प्रशासन प्रमुख भएर काम गरेका थिए ।
विकास र समृद्धिसँगै जोडि काम गर्दै आएका भरतप्रसादसँग विकासका योजना पनि त्यतिकै बलिया रहेका छन् । भरतप्रसादले अम्विकेश्वरी सार्वजनिक यायायात संस्थापक अध्यक्ष, नमुना वचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्षका रुपमा नेतृत्व वहन गरिसकेका छन् । ‘व्यवसायीका हरेक समस्या संघका समस्या हुन् । समस्या समाधानका लागि संघ नै बढी सक्रिय हुनुपर्छ । म लगायत हाम्रो सिङ्गो प्यानल यसैमा प्रतिवद्ध रहेको छ ।’ उनले बताए ।
व्यवसायीका बिचमा लोकप्रिय भरतप्रसाद अनुभवले परिपक्व उम्मेदवार पनि हुन् । व्यवसायीका पीरमर्का तथा समस्यालाई बुझ्दै सम्बोधन गर्दै आएका पनि छन् । उनले गर्दै आएका कामका आधारमा पनि उनी व्यवसायीका रोजाइमा पर्दछन् ।
