Goraksha

National Daily

बजारमा ‘शंकाले लंका जलाउँछ’

1 min read

काठमान्डौ चैत ४। नेपाली सुगम संगीतमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका सुनिता थेगीमको आवाजमा रहेको ‘शंकाले लंका जलाउँछ’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र जीवनका विविध आरोह अवरोहहरुलाई गीतमा समेटिएको छ । गीतमा प्रेमलाई नजिक बाट ब्यक्त गरिएको छ ।

मायालु प्रेमील जोडीको मनको भावनालाई गीतमा समेटिएको कारणले पनि सम्पूर्ण दर्शक तथा स्रोताको मनमा बस्न गीत सफल हुने गायिका सुनिताले बिश्वास व्यक्त गरिन् । गीतकार तथा समाजसेवी हरी उप्रेतीको शब्द सिर्जना तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतको लिरिकल भिडियोलाई शान्ती इन्टरटेन्मेन्टले डिजिटल बजारमा ल्याएको छ । सो गीत करुण २ एल्वममा संग्रहित छ ।

‘शंकाले लंका जलाउँछ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DZGa5VKj47qQ%26fbclid%3DIwAR3eW3RA5xrPxOHnX1nyvYAKXE-_lt3vSN2w7rirbyAYQMZFUiYr2HJELJs&h=AT23BZ_jnHyjXbX9x3vki_mK4e31bFUwArwV5a3JyfvOfiPhC6z-1JZg0CmGK2j2-FdRKtcIVYNrxqXGWOmYxBxU5Pg1yLnQfWwPYV-MFd_ChNdwTPk-CiACioeH293BGw