calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

दाङ उवासंघ निर्वाचन : जोशीको प्यानलद्वारा घरदैलो सुरू

दाङ, ५ असोज । दाङ जिल्ला उद्योग बाणिज्य संघको यही असोज १३ गते हुने निर्वाचनकालागी घोराहीमा निर्वाचनको माहोल तातेको छ । निर्वाचन नजिकिदै गर्दा बसन्त जोशीको नेतृत्वमा रहेको संयुक्त व्यवसायी प्यानलले व्यवसायी भेटघाट एवं घरदैलो सुरू गरेको हो । घोराहीमा रहेको एेतिहासिक एवं धार्मिक गणेश मन्दिरमा पुजापाठसहित आशिर्वाद लिएर उम्मेदवारहरु घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

ुसुरक्षित व्यापार वर्तमानमा सम्मान, भविष्यमा परिणाम, संयुक्त व्यावसायिक प्यानललाई विवेक पूर्ण मतदानु भन्ने मुल नारासहित संयुक्त व्यवसायी प्यानलले प्रचारप्रसारमा सुरु गरिएको हो । उमेद्वार घरदैलो कार्यक्रममा गएसंगै स्थानीय व्यवसायी उत्साहित भएका छन् । घरदैलो कार्यक्रममा व्यवसायिक सामु घुलमिल हुँदा व्यवसायी समस्याहरुलाई उमेद्‌वारहरुले नजिकैबाट नियाल्ने अवसर मिलेको छ । घरदैलोका क्रममा व्यवसायीहरूले उमेद्वारहरूलाई जितको शुभकामना दिएका थिए ।

संयुक्त व्यावसायी प्यानलबाट अध्यक्षमा बसन्त जोशी, वरिष्ठ उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा भरतप्रसाद रेग्मी, बाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा विकास वली र कोषाध्यक्षमा जगतप्रसाद आचार्य र सहकोषाध्यक्षमा माधव खनालको उमेद्वारी परेको छ ।

त्यसैगरी उद्योग सदस्यमा विक्रम राना, महिला सदस्यमा लीला नेपाली, बस्तुगत सदस्यमा बिष्णुप्रसाद रिजाल, एसोसिट सदस्यमा युवराज पोख्रेल, खुल्ला सदस्यमा रुद्रबहादुर जैसी, दीपक पण्डित, निमबहादुर बुढाथोकी, युवराज पन्त, रामप्रसाद पोख्रेल, पुष्करराज न्यौपाने, नोर्बु तामाङ र सुरज बुढाथोकी रहेका छन् ।