नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा : मन्त्री खनाल
1 min readस्वास्थ्य कार्यालयको वार्षिक समीक्षा
अमरराज आचार्य
दाङ, ५ असोज । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले नागरिकले आप्mनै स्थानमा विशेषज्ञ सेवा पाउनु पर्ने बताएका छन् । त्यसका लागि प्रदेश सरकारले प्राथमिकता दिएर काम थालेको दाबी समेत गरे । जिल्ला स्वास्थ्य कार्यालय दाङ आयोजनामा भएको आर्थिक वर्ष २०७९÷०८० वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गदै मन्त्री खनालले यस्तो बताएका हुन् ।
प्रदेश सरकारले स्वास्थ्य संस्था, अस्पतालको स्तर वृद्धि गर्ने तथा आवश्यक पर्ने उपकरण प्रदान गर्ने समेत उनले बताए । ‘स्वास्थ्य संस्था, अस्पतालहरूमा के आवश्यक छ त्यसै अनुसार प्रदेश सरकारले सहयोग गर्ने छ’, मन्त्री खनालले भने ‘दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा विशेषज्ञ स्वास्थ्यकर्मी पठाउने काम समेत भइराखेको छ ।’ ‘स्वास्थ्यकर्मीलाई प्रोत्साहन गरेर दुर्गम क्षेत्रसम्म पु¥याइने छ’, मन्त्री खनालले भने, ‘यसले दुर्गम क्षेत्रमा रहेका नागरिकले स्वास्थ्य सेवा लिनका लागि सहज हुने छ ।’ बिरामीलाई रिफर गर्नु पर्ने अवस्थाको न्यूनिकरण गराउने गरी काम भइराखेको समेत उनले बताए ।
प्रदेशमा मातृ मुत्युदर र कुपोषणको समस्या रहेको भन्दै यसको न्यूनिकरणका लागि प्रदेश सरकारले प्राथमिकता दिएर नीति कार्यक्रम समेत ल्याएको बताए । प्रदेश सरकारले ल्याएको कार्यक्रमलाई सबैको सहयोग रहेमा प्रभावकारी हुने समेत उनले बताए । स्थानीय सरकार नागरिकको नजिकको सरकार रहेकाले बढी जिम्मेवारी स्थानीय सरकारको हुने उनले बताए । ‘स्थानीय सरकारले नागरिकको आवश्यकताका बारेमा जानकारी गराएमा प्रदेश सरकारले यसको समाधान गर्ने छ’, मन्त्री खनालले भने, ‘पछिल्लो समय नागरिकमा सर्ने रोगभन्दा पनि नसर्ने रोग बढ्दै गएको भन्दै यसका बारेमा सचेतना जगाउन आवश्यक छ ।’ उनले त्यसको लागि मनोपरामर्श दिन आवश्यक रहेको समेत बताए ।
जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्माले भौतिक पूर्वाधारको विकास मात्र नगरी स्वास्थ्य शिक्षालाई प्राथमिकता दिनु पर्ने बताए । सरकारले नागरिक स्वास्थ्योपचार तथा शिक्षाबाट बञ्चित हुनु पर्ने गरी काम गर्नु पर्ने समेत उनले बताए । ‘कुनै पनि नागरिक औषधी उपचार नपाएर मृत्यु हुनु नपर्ने गरी काम गर्नु पर्छ’, प्रमुख शर्माले भने ।
घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले नागरिकलाई स्वास्थ्यसम्बन्धी सचेतना दिनु पर्ने बताइन् । अहिले पनि धेरै नागरिक स्वास्थ्यसम्बन्धी सचेत हुन नसक्दा दुःख पाउने गरेको भन्दै यसतर्फ ध्यान दिनु पर्ने उनको भनाइ थियो । ‘ग्रामीण क्षेत्रका अशिक्षित नागरिक मात्र नभई सहरका शिक्षित नागरिक नै स्वास्थ्यप्रति सचेत नरहेको पाइएको छ । यसैले स्वास्थ्य सचेतना दिन आवश्यक छ’, उपप्रमुख डिसीले भनिन् ।
प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले पछिल्लो समय स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमणका कारण स्वास्थ्यकर्मीको मनोबल घट्दै गएको बताए । ‘स्वास्थ्यकर्मीको मनोबल बढाउने काम गर्ने आवश्यक छ’, प्रमुख जिल्ला अधिकारी सुवेदीले भने । प्रशासनको तर्फबाट सहयोग गर्न आफू तयार रहेको समेत उनले बताए ।
स्वास्थ्यकर्मीको मनोबल बढाउन सबैले सहयोग गर्नु पर्ने समेत बताए । शिक्षा, स्वास्थ्य तथा पोषणलाई प्राथमिकता दिएर काम गरिनु पर्ने समेत उनको भनाइ छ । शिक्षा, स्वास्थ्यको पँहुच पु¥याए मात्र नहुने भन्दै गुणस्तर समेत हुनु पर्ने प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । एउटै जिल्लामा पनि पालिका अनुसार स्वास्थ्यमा फरक–फरक अवस्था रहेको भन्दै समस्याको पहिचान गरी समाधान गर्नतर्फ लाग्नु पर्ने उनले बताए ।
लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद गिरीले नागरिकले आधारभूत स्वास्थ्य सेवा वडामा नै पाउनु पर्ने बताए । त्यसका लागि सरकारले प्रयास जारी राखेको समेत बताए । ‘आधारभूत स्वास्थ्य नागरिकको मौलिक अधिकार हो सबै नागरिकले पाउनु पर्छ’, निर्देशक गिरीले भने । स्थानीय सरकारले वडा–वडामा स्वास्थ्य क्षेत्रमा रहेका समस्याको पहिचान गर्नु पर्ने बताए ।
‘कुन क्षेत्रमा कस्तो समस्या रहेको छ । त्यसको पहिचान गर्नुस्, समस्याको समाधान गर्न प्रदेश सरकारबाट सहयोग हुने छ’, निर्देशक गिरीले भने । समस्याको समाधान गर्नका लागि सरकार मात्र नभइ दातृ निकाय पनि तयार रहेको उनले बताए ।
कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहले स्वास्थ्य क्षेत्रमा गरेको कामको समीक्षा हुने भएको छ । कुन पालिकाको अवस्था कस्तो छ भनेर जानकारी समेत हुने छ । कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने छ । कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका गजेन्द्र यादवले जिल्लाको स्वास्थ्यको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम स्वास्थ्य कार्यालय दाङका निमित प्रमुख डम्बरबहादुर कुवँरको अध्यक्षतामा भएको थियो । स्वास्थ्य कार्यालयका अधिकृत किशोर आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यालयका अधिकृत बामदेव शर्माले गरेका थिए ।