Goraksha

National Daily

सिर्जनशील व्यवसायी

लक्ष्मण शर्मा
व्यवस्थापनमा मास्टर डिग्री गरेको मलाई अक्सर समाज र परिवारले सोध्ने एउटै प्रश्न भनेको ‘यति धेरै पढेर पनि जागिर किन नखाएको तिमिले ?’ हामी व्यवस्थापनका विद्यार्थीले जीवनमा दुईवटा विकल्प स्वः स्पष्ट रुपमा छान्न सक्छौ । कि त सरकारी वा निजि कम्पनी, बैंक र कार्यालयमा आराम दायी र सुरक्षित सेवा सुविधा लिँदै जागिर गर्ने कि त आफ्नै स्वः विवेक प्रयोग गर्दै स्वतन्त्र रुपमा व्यवसाय गर्ने ।

बच्चैदेखि स्वतन्त्र रुपमा हुर्किएकोले भनौँ या अभावसँग जुधेर भनौँ मलाई दोस्रो विकल्प छानेर स्वतन्त्र पूर्वक आफ्नो व्यवस्थापकीय क्षमता, ज्ञान र जोखिम बहन गर्दै व्यवसाय गर्ने इच्छा थियो । आफ्नो ज्ञान, क्षमता र योग्यतालाई यो समाजसँग बाढ्नुपर्छ र सामाजिक रुपमा मैले पनि योगदान गर्नुपर्छ भन्ने भावना मेरो मनमा हमेसा हुने भएकोले पनि मलाई दोस्रो विकल्प छान्न सजिलो भएको होला । यो समाज र देशले हामीलाई धेरै कुरा दियो । हामीले पनि हाम्रो तर्फबाट यो देशलाई केही दिउ भन्ने सन्देश दिनलाई पनि म व्यवसाय गर्न चाहान्थे । म जस्तो मध्यम वर्गीय परिवारको मान्छेलाई समाजमा केही कुरा बाढ्नको लागि व्यवसाय नै गर्नुपर्छ ।

भनिन्छ सपनाको कुनै सिमा हुँदैन तर मान्छेको क्षमता र खुवीको निश्चित दायरा हुन्छ । मानिसले आफ्नो क्षमता र खुवीको दायराभित्र रहेर सपना देख्नु र सपना पूरा गर्न लागि पर्नु धेरै राम्रो कुरा हो । हरेक सपनाभित्र केही नयाँ सिर्जनशील सोचको जन्म भएको हुन्छ । आफ्नो त्यो सिर्जनशील सोचको व्यवहारीक कार्यान्वयन कसरी गर्ने र त्यसलाई आफ्नो लक्ष्य प्राप्तिसँग कसरी जोड्ने भन्ने कुराको बारेमा व्यक्तिसँग केही योजना भने हुनुपदर्छ । सपनालाई मुर्तरुप दिनुभन्दा पहिला आफ्नो जिवनको लक्ष्य के हो भन्ने कुराको बारेमा स्पष्ट हुन जरुरी छ ।

अनि मात्र आफूले देखेको सपना आफ्नो लक्ष्यसँग जोडेर उपलब्धीहरु प्राप्त गर्न सकिन्छ । जीवनको कुन समयमा के कस्तो उपल्बधि हासिल गर्ने हो त्यसको बारेमा व्यक्तिसँग स्पष्ट भिजन हुनुपदर्छ । उपलब्धीहरुलाई व्यक्तिको उमेरसँग होइन त्यसको परिमाणसँग दाजेर हेर्नुपदर्छ । यद्धपि उमेर र उपलब्धीहरुको सन्तुलन मिलाउन सकेमा सुनमा सुगन्ध भए जस्तो हुन्छ । समय हुँदै उपलब्धीहरु प्राप्त गर्न सकेमा जो–कोहीलाई सन्तुष्टी मिल्न सक्छ ।

युवाहरु जागिरेभन्दा उद्यमी बन्न सकेमा उनीहरुसँगै देशलाई पनि फाइदा हुनसक्छ । एउटा मान्छे उद्यमी भयो भने सयौँ मानिसलाई रोजगारी सिर्जना गर्न सक्छ । नेपाल अहिले जस्तोसुकै आर्थिक परिस्थीतिबाट गुज्रे पनि सिर्जनशील उद्यमीहरुले यो देशलाई धेरै हदसम्म साहायता दिन सक्छन् । उनीहरुबाट नयाँ पुस्ताले सिर्जनशीलताको व्यवहारीक ज्ञान र अनुभव सिकेर आफ्नै सक्ने नयाँ उद्योगहरु सञ्चालन गर्न सक्छन् । नेपालमा थुप्र्रै सम्भावनाहरु छन् । सरकारले स्व–रोजगार उद्यमशील अभियानलाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्न सक्ने हो भने केही वर्षमा नै उद्यमीहरुको जमात बढाउन सकिन्छ ।

देशका हरेक गाउँठाउँ, कुनाकाप्चाहरुमा केही न केही उत्पादनका लागि उपयोगी ठाउँहरु छन । हरेक व्यक्तिहरु केही गर्न सक्षम छन । कसैको स्रोत छ । साधन छैन । कसैसँग पैसा छ । विचार छैन । तसर्थ यी सक्ने र नसक्ने बिच पुल बनाउन सक्ने हो भने थुप्र्रै सम्भावनाहरुका ढोका खुल्न सक्छन् । सरकारले नेपालको उद्योगिककरणको धारलाई कहाँबाट कसरी लिएर जाने हो त्यो निर्धारण गर्नैपर्छ ।

आजकालका सक्षम युवाहरु गाउँबाट सहरतिर ओर्लिरहेका छन् । यो तिनीहरुको बाध्यता पनि हो । किनभने गाँउघरमा अझै पनि सबै ठाउँहरुमा विकासका पूर्वधारहरु पुग्न सकेका छैनन् तसर्थ गाँउघरमा उद्योगका सम्भावनाहरु धेरै छैन । त्यसैले दाङ होस् या कर्णाली जहाँ–जहाँ उद्योग सञ्चालन गर्न सकिन्छ त्यहाँ–त्यहाँ स्थापना गरिनु पर्दछ । उद्यमीहरुलाई उत्साहित गर्न सरकारले कर शुल्क, अन्त शुल्क मिनाहा गरिदिने, सहुलीयत ऋण उपल्बध गराइदिने, अनुदानको व्यवस्था गरिदिने, वित्तीय तथा गैर वित्तीय पुरस्कारको व्यवस्था गरिदिने, बन्द हड््ताल कार्यहरु बन्द गरिदिने तथा आधारभूत पूर्वाधारहरुको चाजोपाँजो मिलाइदिने हो भने उद्योग सञ्चालन गर्न हरेक युवाहरु लागि पर्ने छन् ।

हुन त अहिले क्षेत्रीय विकासको राजनीति र सामाजिक नारा लगाइएको छ । त्यो कति प्रभावकारी होला हेर्न बाँकी नै छ । आजकाल हामी बेरोजगारी समस्या समाधान, गरिबी निवारण र आर्थिक विकासका कुराहरु सजीलै गर्छौ तर बेरोजगारी समस्या समाधान नगरी गरिबी निवारणका कुरा गर्नु केवल दिवा सपना मात्र हुन्छ । बेरोजगारी समस्या र गरिबी निवारण केवल भाषण र बौद्धिक मञ्चबाट मात्र हुँदैन यसका लागि उद्योगहरु स्थापना गर्नुपदर्छ । उद्यमीहरुको जमात बढाउनु पर्दछ । देशको प्रमुख आर्थीक स्रोत भनेको जलस्रोत, कृषि, पर्यटन, बनजङ्गल, खनिज पर्दाथहरु हुन् ।

त्यसैले यिनको सहि तरिकाले प्रयोग गर्नको लागि राष्ट्रिय गौरवका ठुला–ठुला योजनाहरु सञ्चालन गर्न आवश्यक छ । मानिसहरुलाई उद्यमी बनाउने हो भने ऊ भित्रको आत्मबललाई जगाउन सक्नु्पदर्छ । विडम्बना अहिले नेपालमा तिनीहरुभन्दा हामी गरिब छौँ र तिनीहरुभन्दा हामी कमजोर छौँ भन्ने मानसिकताको प्रतिस्पर्धात्मक खिचातानीले गर्दा हरेक नेपालीको मनोबल घटीरहेको छ । गरिबीको पोखरीमा पौडी खेल्न चाहाने केही अवसरवादीहरुको राजनीतिक खेलले गर्दा धेरै नेपालीको स्वाभिमानलाई धरासायी बनाइदिएको छ । आफूले आफैलाई विपन्न हौँ भनेर प्रतिस्पर्धा नगर्ने युवाहरुको सङ्ख्या बढिरहेको छ ।

देशको औद्योगिक विकास गर्न हामीले उनीहरुको आत्मबललाई उत्साहित बनाउनु पदर्छ । मानिस–मानिस भएर बाच्न उसको आत्मबल बलियो हुनुपर्दछ । म सक्छु भन्ने विश्वासले अभिप्रेरित भएपछि मात्र सबै कुरा समाधान हुने हो । भनिन्छ राजनिती नसुध्रिकन आर्थिक विकास हुँदैन तर राजनीतिको अन्तरनिहीत प्रक्रियाले कहिल्यै विश्राम लिँदैन । मानिसको क्रियाशील र परिवर्तनशील चिन्तन एकै ठाउँमा बसिरहन सम्भव छैन् । नेपालमा पछिल्लो समयमा भएको राजनीतिक क्रान्तिहरुले धेरै परिवर्तन र विकास ल्याएका छन् । त्यसमा कुनै शङ्का छैन् । त्यति हुदाँ हुँदै पनि यहाँ के भयो भने हामीलाई अधिकारप्रति जागरुक त गराइदियो तर कर्तव्य पालना गर्ने पक्षमा भने धेरै कमजोर बनाइदियो ।

अधिकार र कर्तव्यबिच सन्तुलन नमिलेसम्म मानिसको मानसिक चिन्तनको विकासमा सन्तुलन आउन सक्दैन । कहिले काही विकाससँग सँगै विकृतिहरु पनि आउने गर्दछन् । विकास भनेको गर्ने कार्य हो भने विकृति चाहि रोक्ने कार्य हो । विकाससँग सँगै आउने विकृति रोक्न हामीले अधिकारको साथसाथै कर्तव्यको पनि पालना गर्न जान्नु पदर्छ । अधिकार र कर्तव्यको तालमेल नमिल्नुमा व्यक्ति विशेषको मात्र कमजोरी हुँदैन । नीति र नियमको पनि अभाव हुनसक्छ । यसका लागि भरपर्दाे ऐन, नियम र कानुनहरु बनाउनु पदर्छ । कानुनी राज्य बलियो भयो भने मात्र देशमा विकास र स्थिरता सम्भव हुन्छ ।

एउटा सफल उद्यमी भएर बाच्ने हो भने आफ्नो वरीपरीको वातावरणलाई पनि उद्योगमय बनाउनु पर्दछ । विपन्न समाजमा सम्पन्न भएर बाच्न धेरै गाह्रो छ । दौडमा एक्लै कहिल्यै पनि भाग लिइँदैन् । एक्लै दौड्दा लक्ष्यमा पुगिहाले पनि त्यहाँ न कसैले स्यावासी दिन्छ न त ताली नै बजाएर स्वागत गर्छ । दौड सधै समाजमा नै हुन्छ । अनि पो मज्जा हुन्छ ।

देश विकासमा यति धेरै योगदान पु¥याउन सक्ने व्यवसायीहरु किन र के कारणले सधै पछाडी परे । किन सधै उपेक्षित मात्र भए भन्ने बारेमा नेतृत्व तहले सोच्नुपर्दछ । आज संसारमा व्यवसायहरुले अनसीन राज्यसत्ता चलाइरहँदा नेपालमा भने व्यावसायीहरुको मनोबल किन बढ्न सकिरहेको छैन । यसबारे व्यवसायी स्वयम्ले सोच्न आवश्यक छ । देशको जि.डि.पि र राजस्वमा यति धेरै योगदान दिने व्यवसायीले अब किन लिड नगर्ने त ? विगत लामो समयसम्म नेपाललगायत विश्वलाई कर्मचारीतन्त्रले अनसीन लिड ग¥यो ।

देशमा उनीहरुको दबदबा र इज्जत थियो तर देश विकासको लागि भूमिका खेल्ने व्यवसायीको त्यति इज्जत र प्रतिष्ठा थिएन जति उनीहरुको थियो । त्यसैले अबको शताब्द्धी नेपाललाई व्यवसायी युवायुवतीको समूहले लिड गर्नुपर्दछ र लिड गर्न दिनुपर्दछ । त्यसको लागि हामी व्यवसायीहरुले एउटा वृहत कार्ययोजनको निमार्ण गर्दै त्यसतर्फ अग्रसर हौँ । यो लेख देश विकासमा योगदान दिने व्यवसायीको तर्फबाट हो ।