घोराही,२९ भदौ । ५९ औँ राष्ट्रिय बाल दिवसका अवसरमा घोराही उपमहानगरपालिका–१८ मा रहेको माध्यामिक विद्यालय रझेनामा बकृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयका प्रअ उद्धव न्यौपानेको अध्यक्षता तथा घोराही उपमहानगरपालिका १८ का अध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यतामा बकृत्वकला प्रतियोगिता भएको हो । प्रतियोगितामा विद्यार्थी ममता आचार्य प्रथम, प्रेम विक द्धितीय, सुस्मिता श्रेष्ठ तृतीय र पवित्रा खनाल र अपूर्ण शर्माले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
विजेतालाई प्रमुख अथितिले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा सहायक प्रअ लालमणि आचार्य शिक्षकहरू अच्युतराज न्यौपाने शरद पौडेललगायतले मन्तव्य गरेका थिए । कार्यक्रममा विद्यार्थीले गीत, नृत्य प्रस्तुत गरेका थिए ।