बाल दिवसका अवसरमा हापुर माविमा विविध कार्यक्रम

घोराही,२९ भदौ । ५९ औ बाल दिवसका अवसरमा घोराही उपमहानगरपालिका–१२ स्थीत हापुर माध्यामिक विद्यालय निघुवारमा विभिन्न कार्यक्रम भएका छन् ।

हापुर माध्यामिक विद्यालय बाल क्लवको आयोजनामा कार्यक्रम भएको हो । बाल क्लवका अध्यक्ष झरणा बुढाथोकीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १२ का सदस्य भीमसेन थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बेलुनफोड,हाजिरीजवाफ, बकृत्वकला,बाल गीत र हिसाव दौड प्रतियोगिता भएका हुन ।

नर्सरीदेखि युकेजी कक्षासम्मका विद्यार्थी सहभागी भएको बेलुन फोड प्रतियोगितामा आषिका चौधरी प्रथम, संजिता चौधरी द्धितीय र रजनी वली तृतीय भएका थिए । हिसाव दौड प्रतियोगितामा रविना राणा प्रथम, विज्ञान परियार द्धितीय र अर्पना चौधरी तृतीय भएका थिए । बकृत्वकला प्रतियोगितामा नविना डाँगी प्रथम, अञ्जली चौधरी द्धितीय र लक्ष्मी चौधरी तृतीय भएका हुन ।

त्यसैगरी बाल गीत प्रतियोगितामा प्रमिला बुढाथोकी र सर्मीला घर्तीको समूह प्रथम, निशा घर्ती र पूर्णिमा पुनको समूह द्धितीय र कल्पना चौधरी र सुशीला पुनको समूह तृतीय भएका थिए । हाजिरीजवाफ प्रतियोगितामा विवश चौधरी, रेश्मा छिनाल र स्मृति बुढाको समूह प्रथम र लक्ष्मण चौधरी, राधिका बुढा र आशिष थापाको समूह द्धितीय भएका थिए । प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । बाल गीत र बकृत्वकला प्रतियोगिताको निर्णायकमा शिक्षकहरु सरला गौतम,सुशीला भट्राई र सीमा वली रहेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार न्यौपाने, बाल क्लवकी उपाध्यक्ष लक्ष्मी चौधरीलगायतले बाल दिवसका अवसर मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण बाल क्लव संयोजक एवं विद्यालयकी शिक्षिका शारदा घर्तीले गरेकी थिइन । बाल दिवसका अवसरमा विद्यालयका पूर्व विद्यार्थी एवं ईपिएल रमाइलो नेपाल काठमाडौंका व्यवस्थापक सन्देश थापाले खेलकुद सामग्रीसँगै खेलाडीहरुलाई जर्सी सहयोग गरेका थिए । विद्यालयमा अध्ययनरत बालबालिकालाई जर्सी र खेलकुद सामग्री सहयोग गर्ने थापालाई विद्यालयले चिनो प्रदान गरेको थियो ।