श्रीराम दहित
अमिलिया,२८ भदौ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत लमही नगरपालिका–९ चाँदनी चोक अमिलियामा सुविधा सम्पन्न होटल मानसरोवर संचालनमा आएको छ । पूर्व–पश्चिम राजमार्गसँगै तुलसीपुरबाट जाने यात्रुहरुलाई मध्यनजर गर्दै नयाँ होटेल सञ्चालनमा आएको हो ।
होटल मानसरोवर वैदिक संस्कार अनुसार कर्मकाण्ड तथा सन्त निरंकारी मण्डल नेपालका प्रमुख श्री देवराज रिमालले सत्संग प्रवचन आशिर्वचन प्रदान गरि वैदिक उद्घाटन गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि रिमालले जनताको सहजताका लागि सुविधा सम्पन्न होटेल सञ्चालनमा आएको बताएका थिए ।
पूर्व–पश्चिम राजमार्गको कोहलपुरदेखि लमही तथा चाँदनिचोकदेखि तुलसीपुर जाने यात्रुहरुलाई मध्यनजर गर्दै आवसिय शाकाहारी तथा मांसहारी सेवा भएको होटलको अभाव महसुश गर्दै नयाँ होटेल सञ्चालनमा ल्याएको निरंकारी भक्त तथा संचालक दिनबहादुर जिसीले जानकारी दिएका छन् । करिब पैतिस लाख लगानी गरेर होटल मानसरोवर सञ्चालनमा ल्याएको बताए । होटलमा एक हजारदेखि १५ सयसम्मका कोठाहरु रहेको उनले बताए ।