शिवराज खनाल
लमही बैशाख ४ । लमही चेम्बर अफ कमर्शले बिहीवार लमहीका अत्यावश्यक सामान किनबेच हुने पसलहरुमा रेखाङ्कन गरेको छ ।
कोरोना भाइरसको संक्रमणको खतराबाट बच्न, र बचाउन भन्दै आवश्यक चिजबस्तु खरिद बिक्रि गर्न सामाजिक दुरि कायमगर्नका लागि लमहीको भिडभाड हुने विभिन्न ठाउँहरूमा रेखाङ्कन गरेको हो ।
नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्नु यसबाट बच्ने मुख्य उपाय भएकाले अत्यावश्यक काम बाहेक अन्यथा बाहिर ननिस्कन, खाद्यान्नका लागि बाहिर निस्कँदा उच्च साबधानीका साथ सामाजिक दूरी कायम गरी सामान किनमेल गर्न र सरकारको निर्देशन अनुसार लकडाउनको सही पालना गर्न चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले सम्पूर्णमा आग्रह गरेका छन् ।
उक्त रेखांकन कार्यक्रममा लमही चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष किरण बिक्रम साह,उपाध्यक्ष सितल भुसाल, महासचिब केसबराज अधिकारी , कोषाध्यक्ष शशी राम नेपाली, सदस्य राजेन्द्र श्रेष्ठ, ऋषि राम खनाल, चुडामणी आचार्य, स्थानीय ब्यापारी, स्थानीय प्रशासनलगायतको सहभागीता रहेको थियो ।