Goraksha

National Daily

कविता : मेरा पिता

✍️🏿: युबराज रेग्मी

परिवारको आशा
छोराहरूको परिभाषा
खै किन यसरी बिर्सिनु भयो आज
फर्केर आउनु भएन आफ्नो जन्म बास।

सानो भाइ सोध्धै थियो
दार्इ खोइ त हाम्रो बुबा भनि
म कसरी भनु कमाउन
गएसँगै रमाउनु भयो त्यतै उहाँ पनि।

साथीले भन्छ ओहो तिमी त कति भाग्यमानी
शब्दै थप्प हुन्छन सधैँ
जब भन्न खोज्छु मेरो मेरुदण्ड नै छैन मसँग भनि।

मेरो हरेक सफलताको अधिकार बन्ने तिमी
आज तिमी बिना नै संसार जित्ने भइसके
एकदिन त फर्केलाउ भन्ने आशले आधा
जीवन त एक्लै, रुदै काँटी सके।

कति खुसी हुन्थे होला
आफन्तको प्यारो हुन्थे होला
यदि तिमी मेरो काँधमा हात राखेर हिँडेको भए
संसार कै दुःख भुलेर तिमीसँग रम्ने थिए होला।

साथीभार्इ, समाजको हेला
परिवार, आफन्तको बोझ बन्ने थिएन होला
यदि तिमीले नी आफ्नो कर्तव्य निभाईदिएको भए
यति सानो उमेरमा परिपक्क बन्नु पर्ने थिएन होला।

कति रोएका थिए होला
ति बुडी आमाको आँखा
कमाउन गएको छोरो, उतै बिलिन हुँदा
तिमीलाई त पक्कै थाहा छ होला, परिवारको बेथा
त्यही पनि किन बिलिन भयौँ, ए मेरा पिता।
त्यही पनि किन बिलिन भयौँ, ए मेरा पिता ?