calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

मेरो खुशी : जुनियर रेडक्रस सर्कलको अध्यक्ष हुँदा …

सालिन, भद्र सधै सामाजिक कार्यमा तलिन हुन्छन् । सामाजिक संस्था होस, व्यावसायीक वा राजनीतिमा उनी दिएको जिम्मेवारी पूरा गर्ने गरेका छन् । मिजासीला सरल मृदुभाषी सहयोगी तुलसीपुर– ५ निवासी सेवकराम भण्डारी सधै खुसीका साथ कर्ममा लाग्ने गरेका छन् । जीवनमा आरोह अवरोहहरूमा विभिन्न कठिनाई आएपनि आफुले सत्कर्मका साथ काम गर्दा त्यसको सफता मिल्ने भन्दै उनी सधै आफु कर्ममा खुसी हुने बताउछन् ।

‘खुसी आफैभित्र खोज्ने हो खुसी खोज्न कहीँ जानु पर्दैन मुस्कुराउँदै’ उनले भने । भण्डारी राजनीति, सामाज सेवा, व्यावसायीक संघ सङ्गठन तथा सानो छदा विभिन्न परोपकारी संस्थामा लागेर सेवा गर्दा आफ्ना थुप्रै अनुभव र खुसीहरू रहेको बताए । उनको खुसी खोज्दै जाँदा उनले बाल्यकालको विद्यार्थी जीवनको खुसीलाई पहिलो खुसी लिए । उनले भने– ‘ हालको तुलसीपुर–१ भमके मावि भ्यूडहर सुनपुर दाङमा अध्ययन गरी रहँदा वि.स २०४० साल देखि तत्कालीन अनेरास्ववियु पाँचौमा म सङ्गठित भइ वि.स २०४३ मा जु्नियर रेडक्रस सर्कलमा मावि भ्यूडर सुनपुरको अध्यक्षमा निर्वाचित हुँदा पहिलो खुसी भएको थिए ।’

पहिलो खुसी त्यही लेखिदिनु होला उनले मुस्कराउँदै भने । त्योबेला रेडक्रसको महत्व त्यसमा पनि परोपकारी संस्था मध्य जुनियर रेडक्रस चर्चा मै थियो । सेवा भावले उत्प्रेरित भइ म त्यसमा लागे र म अध्यक्षमा निर्वाचित भए त्यस दिन निकै खुसी भएको थिऐ । भण्डारीले जुनियर रेडक्रस सर्कलमा लागेर धेरै सामाजिक कार्यहरू गरेको बताए । त्यस्तै शिक्षासँगै पञ्चायती व्यवस्थाको विरोधमा आन्दोलन गरी रहन्दा उनले वि.स. २०४४ सालमा प्रहरीको गिरफ्तारीको पञ्जावाट फुत्कन सफल भएको भन्दै अर्को खुसी त्यतिबेला लागेको बताए ।

तर पुनः वि.स २०४५ सालमा प्रहरीले गिरफ्तार गरी १ महिनासम्म हिरासदमा चरम यातना दिँदै राखेको र पछि तुलसीपुर कारागार चलान गरी करिब डेढ वर्ष कारागार बसेको उनले सम्झिए । त्योसँगै आफूहरूले लडेर पञ्चायती व्यवस्था ढलेर वि.स २०४६ साल चैत २६ गते बहुदयि व्यवस्था स्थापना हुँदा अत्याधिक खुसी भएको सम्झिए । ‘पञ्चायती व्यवस्था ढलेर बुहदल ल्याउदा पनि म निकै खुसी भएको थिए हाम्रो आन्दोलनले सफलता पायो उनले भने ।

त्यस्तै भण्डारीले अर्को खुसी वि.स. २०४० सालदेखि विद्यार्थी सङ्गठनमा विभिन्न कार्यक्रममा सहभागी हुँदै वि.स. २०४४ सालमा अनेरास्ववियु पाँचौको जिल्ला कमिटिको सदस्यमा निर्वाचित हुँदा अर्को खुसी थपिएको सुनाए । विद्यार्थी रााजनीतिसँगै उनले वि.स. २०५६ सालमा नेकपा एमालेको जिल्ला कमिटि सदस्यमा निर्वाचित भइ लगातार २ अवधिसम्म जिल्ला सदस्य भइ दाङ जिल्लाका सबै पालिकामा राजनीति अभियानमा सहभागी हुँदा अर्को खुसी मिलेको सुनाए ।

त्यस्तै हाल दोस्रो पटक तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सचिवको जिम्मेवारी समालेका भण्डारीले अर्को खुसी वि.स २०६० सालमा खानेपानीको सचिव पदमा पहिलो पटक उम्मेदवारी दिई अत्याधिक बहुमतले निर्वार्चित हुँदा लागेको सुनाए । उनले आफूुहरूको कार्यकालमा रानीजरुवाको मुहानको जग्गा संरक्षण र धेरै सुधार गरेको बताए ।

‘वि.स. २०६० सालमा टोपबहादुर शाह अध्यक्ष हुने बेला रानीजरूवाको जग्गा पुरै हडपी सकेका थिए हामीले विषेश गरेर मैले अध्यक्षसँग सल्लाह गरेर यो जग्गा हामीले रानीजरूवा भएको आधारले हामीले लिन सक्छौ, जसरी पनि लिनुपर्छ भनेपछि अध्यक्ष ले पनि ठिक कुरा गर्नुभयो भनेर हामीले बचाएका हाँै यो पनि मेरो खुसीको कुरा हो । यो पनि अर्को खुसी हो । यो लेखिदिनु होला’, उनले भने ।

‘करिब डेढ बिगाहा जग्गा बचेको र, पुरानो असुल नभएको महशुल आफूहरूले धेरै उठायौँ, अन्य सुधारका कामहरू पनि धेरै ग¥यौँ, हामी आउँदा ऋणमा भएको संस्थालाई हामीले धन दिएर गयौँ, यो पनि मेरो लागि खुसीको क्षण हो उनले भने ।’ त्यस्तै भण्डारीले अर्को खुसी वि.स.२०७१ सालमा तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा पहिलो पटक उपाध्यक्षमा निर्वाचत भएको भन्दै खुसी व्यक्त गरे ।

उनले त्यतिबेला कुनै पनि पालिकामा जनप्रतिनिधि नभएको बेला जनप्रतिनिधिहरूले गर्नुपर्ने काम आफूहरूले गरेको भन्दै खुसी व्यक्त गरे । तत्कालीन सो समयमा बबई नदीमा आएको आएको बाढी पीडितको राहत सङ्कलन गरी उनीहरूको उद्धार गरेको भन्दै सामाजिक सेवा गर्न पाउँदा निकै खुसी भएको सम्भिीए । त्यस्तै पश्चिम दाङका जनताहरू सेवा लिन एक दिन लगाएर घोराही जानुपर्ने बाध्यताको अत्य गरेको भन्दै तुलसीपुरमा मालपोत नापी कार्यालय स्थापना गरेको बताए ।

‘हामीहरूले विभिन्न मन्त्रालय, प्रधानमन्त्री तथा अन्य दलका नेतागणलाई डेलीकेशनमा पुगेर १५ दिनसम्म धर्ना दिएर तुलसीपुरमा मालपोत र नापी शाखा स्थापना गरेका थियौँ । कार्यालय स्थापना गर्दा अन्यन्तै खुसी भएको दिन थियो’ भण्डारीले भने । सेवकराम भण्डारीले अर्को खुसी वि.स. २०७८ सालमा तुलसीपुर खानेपानी संस्थाको निर्वाचनमा फेरि पनि सचिव पदमा उम्मेदवारी दिइ आफ्नो प्रतिद्धण्दीभन्दा अत्याधिक धेरै मतले निर्वाचत हुँदा अर्को खुसी लागेको सुनाए ।

‘खानेपानीमा दोस्रो पटक पनि झण्डै ५ गुणाभन्दा बढी मतले चुनाव जित्दा त्यस दिन निकै खुसी भएको थिए– भण्डारीले भने ।’ उनले आफूले गरेका सत्कर्महरूबाट प्रभावित भएर आफुले सो मत पाएको भन्दै खुसी व्यक्त गरे । त्यस्तै उनले आफू सामाजिक काममा लाग्दा घरपरिवारबाट साथीभाइ तथा राजनीतिक दलका नेता कार्यकर्ताहरूले पनि साथ दिने गरेको भन्दै खुसी व्यक्त गरे । उनले सधै सामाजिक काममा निस्वार्थ रूपले काम गर्न पाउँदा आफूलाई भाग्यमानी र त्यही अनुरूप काम गर्ने प्रेरणा मिलेका भन्दै खुसी व्यक्त गरे ।
प्रस्तुती :  बालाराम खड्का