गोरक्ष समाचारदाता
दाङ, २४ भदौ । जिल्लाका अगुवा महिला पत्रकारले तिजलाई सामाजिक सद्भाव कायम राख्ने गरी मनाउन सुझाव दिएका छन् । प्रेस चौतारी दाङ महिला विभागले शनिवार गरेको तिजमिलन कार्यक्रममा बोल्ने अगुवा महिला पत्रकारले यस्तो बताएका हुन् ।
प्रेस चौतारी नेपालका उपाध्यक्ष देविका घर्तीले तिजको मौलिकता र सामाजिक सद्भावलाई ख्याल गर्दै पर्व मनाउनु पर्ने बताइन् । ‘पर्वका आप्mनै विशेषता छन् । तिजको पनि आप्mनै विशेषता छ’, उनले भनिन्, ‘पर्वलाई सामाजिक सद्भावको रूपमा लिने र त्यही अनुसार नै मनाउनु पर्छ ।’ कार्यक्रममा नेपाल प्रेस युनियनका उपमहासचिव सुलोचना गौतमले तिज सबैलाई जोड्ने पर्व भएको बताइन् । ‘तिज महिलाहरूको मिलनको पर्वका रूपमा छ ।
तिजलाई तिजकै महत्व झल्कने गरी सभ्य तरिकाले मनाउनु पर्छ । यस्ता कार्यक्रमले त्यसमा थप टेवा पु¥याएका छन्’, उनले भनिन् । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा दाङ इञ्चार्ज लक्ष्मी आचार्यले महिलाहरूको पहिचानका रूपमा तिज पर्व रहेको विचार राखिन् । ‘यो पर्वलाई सबै वर्गले अपनत्व लिन सक्ने गरी सहज र सरल रूपमा पर्व मनाउन आवश्यक छ’, उनले भनिन, ‘पर्वको सकारात्मक पक्षलाई आत्मसात गरेर तिजको मौलिकता र सामाजिक सद्भावलाई बचाइ राख्न आवश्यक छ ।’
चौतारी महिला विभाग दाङका प्रमुख दीप्तिशिखा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटी सचिव रञ्जिता शर्मा, चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य सरिता सुवेदी, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी र नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य नारायणी रजौरेले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा दाङ जिल्ला सहइञ्चार्ज रीता लामाले तिज पर्वको महत्वको विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । चौतारी महिला विभाग उपाध्यक्ष लक्ष्मी पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण चौतारी दाङका उपाध्यक्ष सुधासुमन ढकालले गरेकी थिइन् ।
महिला जेसीजको तिजमिलन
दाङ महिला जेसीजले तिजमिलन कार्यक्रम सम्पन्न गरेको छ । महिला जेसीजका अध्यक्ष नारायणी भण्डारीको अध्यक्षता तथा नेपाल महिला सामुदायिक लघु वित्त वित्तीय संस्थाका संस्थापक अध्यक्ष बिमला योगीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा योगीले रीतिरिवाज, परम्पराका नाममा समाजमा रहेका रुढीवादी संस्कारलाई समयसापेक्ष बनाउँदै लैजानु पर्ने बताइन् ।
चाडपर्वका नाममा बढी तडकभडक गर्न नहुने भन्दै आवश्यकता र अपरिहार्यतामा रहेर मितव्ययी तरिकाले पर्व मनाउन सबैमा आग्रह गरिन् । महिलाहरूको मिलनको पर्वका रूपमा लिइने तिजलाई तिजकै महत्व झल्कने गरी सभ्य तरिकाले मनाउन उनको सुझाव थियो
। कार्यक्रममा दाङ महिला जेसीजका पूर्व अध्यक्षहरू निर्मला गौतम, डोमा पाण्डे, निरजा पोख्रेल, जीवा भुसाल, चेम्बर अफ कमर्शका कोषाध्यक्ष लक्ष्मी गिरी, नेपाली कांगे्रस दाङका सचिव बालिका लम्साललगायतले महिलाको पहिचानका रूपमा लिने यो पर्वलाई सबै वर्गले अपनत्व लिन सक्ने गरी सहज र सरल तरिकाले पर्व मनाउनु पर्ने बताए ।
दाङ महिला जेसीजका उपाध्यक्ष आकृति शर्माको आस्था पाठबाट सुरु भएको कार्यक्रममा स्वागत सदस्य रक्षा घर्तीले गरेकी थिइन् भने सहजीकरण महासचिव अर्चना शर्माले गरेकी थिइन् ।
गुरुकुलमा तिज विशेष
यसैबिच गुरुकुल एकेडेमीले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरी तिज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा महिला अभिभावक, कर्मचारी, पत्रकारलगायत अन्य क्षेत्रमा आबद्ध महिलाको सहभागिता थियो । कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पका पूर्व क्याम्पस प्रमुख तथा मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष प्राडा राधा शाहले तिज पर्व मनाउँदा भड्किलो तथा खर्चिलो नभइ आफ्नो क्षमता अनुसार मनाउनु पर्ने बताइन् । उनले नेपालीको पर्व हर्षोल्लासका साथै आपसी माया र सद्भाव सहित मनाउनु पर्ने बताइन् । तिज विशेष कार्यक्रममा महिलाले दरसँगै नाचगान गरी मनोरञ्जन गरेका थिए । विद्यालयका मन्टेस्वरी संयोजक लोचना पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । गुरुकुल एकेडेमीका शिक्षक शान्ता बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक रेशु राउतले गरेकी थिइन् ।