घोराही, १९ भदौ । दाङको घोराहीमा करिब एक करोड ५० लाखको लगानीमा मझेरी रोधी घर सञ्चालनमा आएको छ । मौलिक नेपाली लोक गीत संगीतको संरक्षणसँगै विकासका लागि क्रियटिभ ग्रुपले घोराही उपमहानगरपालिका–१५ बिपी चोकमा मझेरी रोधी घर संञ्चालनमा ल्याएको हो ।
मझेरी दोहोरी घरको सोमबार एक कार्यक्रमको आयोजना गरि दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले उद्घाटन गरेका थिए । क्रियटिभ ग्रुपका अध्यक्ष महेन्द्र बुढाथोकी अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बुढाथोकीले लोक गीतसंगीतको संरक्षण र विकाससँगै जिल्लाको व्यापार व्यवसायलाई बढाउनका लागि दोहोरी घरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए ।
अध्यक्ष बुढाथोकीले आर्थिक मन्दिका कारण व्यवसायी पलाएन हुने क्रम बढिरहेके क्रममा सञ्चालनमा आएको दोहोरी घरले व्यवसायीहरुलाई थप उत्साहित बनाउने समेत बताएकी थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएमले लोकक कला र सस्कृतिको बिकासका लागि दोहोरी साझले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै यसलाई अनुशासिस र सभ्य रुपले दिर्घकालिन रुपमा चलाउन सञ्चालकले ध्यानदिनुपनृे बताएका हुन ।
दोहोरी साझँमा अहिले ३० जना बढीले रोजगारी प्राप्त गरेको सञ्चालक क्रियटिभ ग्रुपका अध्यक्ष महेन्द्र बुढाथोकील्े बताए । सञ्चालक सदस्य प्रेम शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्रियटिभ ग्रुपकै सदस्य राजेन्द्र दाहालले गरेका थिए । उक्त रोधी घरमा दिउँसोको समयमा रेष्टुरेन्ट सेवा र साँझको समयमा दोहोरी साँझका रुपमा सञ्चालन हुने भएका हुन ।