नेपालगञ्ज, बैशाख ४ । बाँके प्रशासनले नेपालगञ्जका विभिन्न धार्मिकस्थलमा अनुगमन गरी निगरानी बढाएको छ । कोरोनाको सम्भावित संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि मस्जिद तथा मदरसालगायत धार्मिक संस्था र त्यसमा आश्रय लिएका व्यक्तिको अवस्थाबारेमा अनुगमन शुरु गरिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको नेतृत्वमा विभिन्न मस्जिद मदरसाको स्थलगत अनुगमन टोलीले सम्भावित संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि मस्जिद तथा मदरसाका धर्मगुरु, मौलाना, स्थानीय जनप्रतिनिधिसहित जिल्ला सुरक्षा समितिका सदस्यको सहभागितामा सो अनुगमन गरेको हो ।
अनुगमन टोलीले मदरसा सञ्चालन समितिका पदाधिकारीलाई व्यक्तिको भीडभाड नगराउन र बाहिरबाट आएका व्यक्तिलाई आश्रय नदिन सचेतसमेत गराएको छ ।रासस