दाङ,९ भदौ । दाङ–काठमाडौं रुटमा चल्ने अम्विकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिबाट सञ्चालित बा ५ ख ९१३५ नम्वरको हाइस गाडीमा सुनको टप भेटिएकाले सम्वन्धित व्यक्तिलाई सम्पर्कमा आउन प्रालिले आग्रह गरेको छ ।
यहि भदौको ७ गते काठमाडौ गएर ९ गते फर्किने क्रममा उक्त हाइस गाडीमा अन्दाजी डेढ वा दुई आनाको सुनको टप भटिएकाले सम्वन्धित व्यक्तिलाई सम्पर्कमा आउन प्रालिका अध्यक्ष घनश्याम बस्नतेले आग्रह गरेका छन् ।
‘हाम्रो प्रालिको हाइस गाडी ७ गते काठमाडौं पुगेर ९ गते दाङ फर्किने क्रममा सोही गाडीमा सवार यात्रु हेमन्त केसीले अन्दाजी डेढ वा दुई आनाको सुन भेटाएर प्रालिलाई जानकारी गराउनुभएको छ’,अध्यक्ष बस्नेतले भने,‘उक्त सुन सम्वन्धित व्यक्तिलाई फिर्ता गर्नुपर्ने भएकाले किनेको कागजातसहित उक्त टपको अर्काे जोडा ल्याएर अम्विकेश्वरी सार्वजनिक राप्ती यातायायत प्रालिको तुलसीपुरस्थीत कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दछौ ।’
साथै प्रालिका अध्यक्ष घनश्याम बस्नेतको मोवाइल नम्वर ९८५७८३५१५० वा कार्यालयको नम्वर ०८२,५२२२९८ मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।