दाङ उद्योग वाणिज्य संघ : नेतृत्व खोज्दै सुशील

दाङ, ६ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन मिति घोषणा भएसंगै चुनावी माहोल तात्न सुरु भएको छ । नेतृत्वका लागि व्यवसायी नेताहरुले आआफ्नो आकांक्षा व्यक्त गरिरहेका छन् ।

यसैक्रममा संघका वर्तमान कोषाध्यक्ष सुशील पोख्रेल पनि नेतृत्व दौडमा देखिएका छन् । उनले आफुलाई अध्यक्षको उम्मेदवार आकांक्षीका रुपमा प्रस्तुत गरेका छन् । ‘म आगामी नेतृत्वका लागि दौडमा होमिएको छुु’, उनले भने, ‘संघमा मेरो लामो आवद्धता र अनुभवका कारण पनि मैले आफुलाई अध्यक्षको सक्षम उम्मेदवारका रुपमा प्रस्तुत गरेको छु ।’

लामो समयदेखि व्यवसाय क्षेत्रमा हात हालेका सुशील उद्योग वााणिज्य संघमा रहेर काम गरेको ९ बर्ष लामो अनुभव छ । ९ बर्ष अघि संघमा कार्य समितिका रुपमा ईन्ट्री मारेका थिए सुशीलले । त्यसपछि उनी पदाधिकारीको रेसमा उत्रिए । उनी अर्को कार्यकालमा कोषाध्यक्षका आकांक्षी बने । उनी उम्मेदवार बने र विजयी हासिल गरे । पहिलो कार्यकाल सदस्य अनि दोस्रो कार्यकालमा कोषाध्यक्षमा फड्को मारेका सुशील गत अधिबेशनमा फेरी कोषाध्यक्ष पदकै आकांक्षी बने ।

उद्योग बाणिज्य संघको निर्वाचनमा कोषाध्यक्ष पदको पुनः उम्मेदवार बने र जिते पनि । यसरी एक कार्यकाल सदस्य र लगातार दुई कार्यकाल कोषाध्यक्ष बनेका सुशीलले अब आफुलाई अध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् । ‘उद्योग वाणिज्य संघमा म ९ बर्ष लामो अवधिसम्म रहेँर जिम्मेवारी निर्वाह गरे’, उनले भने, ‘संघप्रतिको यो लामो मेरो लगावले मलाई अब अध्यक्षका रुपमा काबिल बनाएको छ ।’

कोषाध्यक्षका रुपमा सुशील संघमा भित्रिएपछि संघको आर्थिक अवस्था मजबुत बनेको छ । ०७४ सालमा पहिलो पटक कोषाध्यक्षका रुपमा उनी संघमा भित्रिँदा १४ लाख ८७ हजार ७ सय ९७ रुपैयाँ घाटामा रहेको उद्योग वाणिज्य संघ उनको कार्यकालको पहिलो बर्ष आर्थिक बर्ष २०७४÷०७५ मा संघको आर्थिकस्तर धेरै माथि उठ्यो । अघिल्लो बर्ष १४ लाख बढि घाटामा रहेको संघ त्यो बेला २ लाख ७६ हजार २ सय ५८ रुपैयाँ नाफामा गएको थियो ।

लगातार पहिलो र दोस्रो कार्यकाल कोषाध्यक्ष बनेका सुशीलको दुई कार्यकालमा संघको कुल नाफा अहिले आधा करोड बढि छ । त्यसोत, व्यवसायिक हकहितका लागि सुशीलले गरेका केही निर्णयहरु व्यवसायी मुखी पनि छन् । उनकै कार्यकालमा व्यवसायिक सुरक्षा कोषा निर्माण भएको थियो । यो कोषमा जम्मा भएको रकम विपद्मा परेका व्यवसायीहरुलाई राहत स्वरुप उपलब्ध गराईँदै आएको छ । यसैगरि आजिवन सदस्य प्रदान उनको कार्यकालको अर्को महत्वपूर्ण निर्णय हो ।

घोराहीका अटो व्यवसायीहरुको व्यवस्थापनका लागि सुशीलले खेलेको भूमिका अझ प्रशंशनीय छ । उनकै नेतृत्वमा घोराही बजारमा रहेका अटो व्यवसायीहरुलाई एकत्रित गरेर अटो भिलेज निर्माण भएको थियो । अटो व्यवसायलाई एकै थलोमा सञ्चालन गर्न बनेको घोराही अटो टाउन व्यवस्थापन समितिको अध्यक्ष उनै सुशील थिए । यसैगरि अटो व्यवसायीहरुलाई आर्थिक सहुलियत दिनका लागि सहकारी सञ्चालन गर्ने कामको नेतृत्व पनि उनै सुशीलले लिए ।

अटो व्यवसायीहरुलाई समेटेर शुभम लघु उद्यमी सहकारी निर्माण गर्ने अभियानको नेतृत्व सुशीलले लिएका थिए । सुशीलकै नेतृत्वमा गठन भएको यो सहकारीले अटो भिलेजमा व्यवसायीहरुलाई भवन निर्माणका लागि सहुलियतमा ऋण उपलब्ध गराएको थियो । ‘व्यवसायिक हकहितका लागि जहिले पनि अग्रपंक्तीमै उभिएर काम गरेको छु’, उनले भने, ‘अझै पनि म यहि क्षेत्रमा रहेर व्यवसायिक हकहितका लागि काम गर्ने छु ।’