calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

मेरो खुशी : विद्यालयले स्थायीत्व पाउँदा…

शैक्षिक होस वा विद्यार्थी आन्दोलनदेखि समाज सेवामा उनी सधै तलीन छन् । शिक्षा क्षेत्रसंगै राजनीतिमा समेत उतिकै दखल राख्ने गरेका छन् । सानैदेखि राजनीतिमा चासो राख्ने उनी नेपाली काँग्रेसका प्रभावशाली युवा नेताहरुसंगसंगै शिक्षा आर्जन गरेको सम्झन्छन् । पश्चिम क्षेत्रमा निजी विद्यालय सञ्चालन गरि हजारौलाई गुणस्तरी शिक्षा प्रदान गरी रहेका दाङको साविक धनौरी हाल दंगीशरण–७ मा जन्मिएका एन प्याव्सनका केन्द्रिय उपाध्यक्ष सुवोधकुमार डाँगी संधै खुसीका साथ समाज सेवा र शिक्षाको ज्योति फैलाउनमा लाग्ने गरेको बताउछन् ।

सतकर्ममा लाग्दै शिक्षाको उज्यालो दिनका लागि पश्चिम दाङमा मिड वेष्ट प्वाइन्ट एकेडेमी २०६४ खोलेको उनी सम्झन्छन् । उनको खुसी खोज्दै गर्दा उनले पहिलो खुसी २०६४ सालमा २२ वटा निजी विद्यालयले अनुमति पाउँदा लागेको सम्झिए । ‘दाङमा मैले संस्थागत विद्यालय युनियन गठन गरेर अध्यक्ष भए, त्यति बेला मैले २२ वटा विद्यालयहरु जिल्लामा सञ्चालन अनुमति पाउँदा मलाई त्यस दिन निकै खुसी लागेको थियो’, डाँगीले भने । उनले तत्कालीन जिल्ला शिक्षा अधिकारी निदेशकुमार श्रेष्ठलाई घोराहीमा ज्ञापनपत्र बुझाएको र सात दिनपछि जिल्ला शिक्षा अधिकारीले नै फोन गरेर विद्यालय सञ्चालनको अनुमति दिएको दिन म निकै खुसी भएको थिए ।

डाँगीले आफ्नो मेहनेतले सफलता पाउँदा निकै खुसी लागेको बताउँछन् । ‘मेरो नेतृत्वमा जिल्ला शिक्षा कार्यालयबाट ति विद्यालयले अनुमति पाउँदा खुसी भएको थिए । ‘मुलुक द्वन्दको चेपेटाबाट भरखर पार गरेको थियो, त्यति वेला गाउँघरमा शिक्षा लिन कि सामुदायिक विद्यालय कि बजारका ठुलठुला निजी विद्यालय थिए चैतमा दिनु पर्ने सञ्चालन अनुमति भदौमा पायो त्यो मेरो पहिलो सफता थियो’,उनले विगत सम्झदै भने ।

‘मिड वेष्ट प्वाइन्ट एकाडेमीका प्रवन्ध निर्देशक समेत रहेका डाँगीले आफुहरुले शिक्षा दिएका धेरै विद्यार्थीहरु विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा पुगेर उनीहरुले आफ्नो स्कुल र दाङलाई चिनाएकोमा पनि खुसी व्यक्त गरे । मैले र हामीले पढाएका धेरै विद्यार्थीहरु विदेशमा छन् युरोप, अमेरिका, बेलायन कोरिया, फ्रान्सलगायतका देश राम्रो गरेका छन् । उनीहरुले हामीलाई आवश्यक परे सहयोग पनि गर्ने गरेका छन् त्यसमा पनि मलाई खुसी लाग्छ डाँगी भन्छन् । तर खुसीसंगै उनलाई कहिलेकाँही दुःख पनि लाग्ने गरेको बताए ।

‘नेपालमा पढेर रोजगार छैन् जागीर सहजै मिल्दैन यति धेरै जनशक्ति विदेशिएको छ, त्यसमा दुःख लााग्छ तर उनीहरुले आफ्नो करिअर बनाएका छन् त्यसमा पनि खुसी लाग्छ’, डाँगी भन्छन् । डाँगीले आफुले विद्यालयमा गरिव निमुखा र असाहय विद्यार्थीहरुलाई निःशुल्क शिक्षा दिएको र उनीहरुलाई सहयोग गर्न पाउँदा पनि खुसी लागेको बताए । डाँगीले अर्को खुसी केही समय पहिले आफु एन प्याव्सन लुम्विनी प्रदेशको अध्यक्ष हुँदा पहिलो पटक प्रदेशमा शैक्षिक बहस सञ्चालन गरेको बताउँछन् ।

२०२८ को शिक्षा ऐनको विषयमा बहस सञ्चालन गरि आफुले अवको शिक्षा कस्तो हुनुपर्छ भनेर कार्यपत्र प्रस्तुत गर्न पाउँदा खुसी लागेको सुनाए । ‘त्यति वेलाका सामाजिक विकास मन्त्री सुदर्शन बराललाई लिएर रिपोर्टर्स क्लवमा हामीले शिक्षा ऐनको विषयमा बहस चलाएका थियौ, त्यो राष्ट्रिय रुपमै चर्चा पाएको थियो त्यसमा पनि म खुसी छु’–उनले भने । एन प्याव्सनका केन्द्रिय उपाध्यक्ष हुदै गर्दा हालै सरकारले ल्याउन लागेको शिक्षा ऐनको विषयमा आफुहरुको असमति रहेको र त्यसलाई सवैको हित हुने खालको हुनुपर्छ भनेर आफुहरु लागेको र त्यसको नेतृत्व गर्न पाउँदा पनि खुसी लागेको सुनाए ।

डाँगीले अर्को खुसी नेपाल विद्यार्थी संघको क्षेत्रीय कोषाध्यक्ष, क्षेत्रीयउपाध्यक्ष जिल्ला सदस्य हुदै दाङ काठमाण्डौ सम्पर्क समितिको अध्यक्ष हुँदा धेरै काम गरेको भन्दै खुसी व्यक्त गरे । २०५९ सालमा काठमाडौमाा काँग्रेस नेताहरु दिपक गिरीको प्रमुख अतिथ्यमा राष्ट्रिय सभागृहमा काँग्रेसका युवा नेता गगनकुमार थापा, प्रदिप पौडेल, उमेशजंग रायमाझी, गुरुराज घिमीरे र नेपाल वारका पूर्व अध्यक्ष शेरबहादुर केसीसमेतलाई ल्यायर कार्यक्रम गरेको र त्यो कार्यक्रमबाट सवै प्रभावित भएर आफुलाई धन्यवाद दिदा अर्को खुसी प्राप्त भएको सुनाए । उनले यति वेला राप्ती अञ्चलका सृष्टाहरु कोमल वली, खड्गबहादुर बुढालगायतलाई सम्मान गर्न पाउँदा अर्को खुसी मिलेको सुनाए ।

त्यस्तै त्रिचन्द्र क्याम्पसमा इकाइको का.वा सभापति भई विद्यार्थीहरुको शैक्षिक मुद्धाहरुको विषयमा आवाज उठाउन पाउँदा पनि खुसी लागेको सुनाए । डाँगीले धेरै साथीभाई विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको र उनीहरुको जिवनमा अहिले सुधार आएको देख्दा पनि खुसी लागेको सुनाउँछन । उनले भने,‘म शैक्षिक आन्दोलनदेखि विभिन्न व्यक्तिलाई सामाजिक सेवा गर्न पाएकोमा पनि खुसी छु ।’ एनव्याव्सन दाङको संस्थापक अध्यक्ष समेत रहेका डाँगीले सिन्धुपाल्चोक कोशीका बाढी पीडित र भुकम्प पीडितलाई समेत सहयोग गरेको भन्दै सामाजिक अभिभारा पुरा गर्दा पनि खुसी लागेको सुनाए ।

त्यस्तै गाउँमा सुभसन्देश बचत तथा ऋण सहकारी संस्था संस्थापना गरि त्यसको नेतृत्व गर्न पाएको भन्दै अध्यक्षको रुपमा काम गर्न पाउँदा अर्को खुसी प्राप्त भएको बताए । उनले ग्रामीण क्षेत्रमा सानो पूँजी संकलन गरि सहकारीमार्फत सानो सानो रकम संकलन गरि समुदायमा सो रकमलगाउन पाएकोमा पनि खुसी व्यक्तगरे । ‘हामीहरुले सहकारीमार्फत विभिन्न उद्धमशीलताको विकास गरेका छौं, शेयर सदस्यहरु ऋण लियर शिक्षा, व्यापारलगायतको क्षेत्रमा लगानि गरेका छौं त्यसमा पनि मलाई खुसी लाग्छ’,डाँगीले भने ।

त्यस्तै करिव २० बर्षदेखि नेपाली काँग्रेसको राजनीतिमा पनि सक्रिय रहेका डाँगीले २०७८ सालमा पहिलो पटक क्षेत्रीय प्रतिनिधिको रुपमा छनोट भई नेपाली काँग्रेसको जिल्ला सहसचिवमा निर्वाचित हुँदाको दिनपनि आफु निकै खुसी भएको सम्झिए । ‘शिक्षासंगसंगै म राजनीतिमा पनि पहिलो पटक नेतृत्वमा पुग्न सफल भए त्यो पनि मेरो लागि एउटा कडि सफता हो’–उनले भने । डाँगीले शिक्षा, समाजसेवा राजनीतिमा अग्रज सवै साथीभाईले विश्वास गरि यसले केहि गर्न सक्छ भनेर आफुलाई जिम्मेवारी दिएकोमा पनि निकै खुसी भएको सुनाए ।

उनले घरपरिवारबाट पनि आफु विभिन्न क्षेत्रमा लाग्नका लागि पूर्णरुपले सहयोग प्राप्त गरेको भन्दै खुसी व्यक्त गरे । ‘मलाई घरपरिवार साथी अग्रजहरुले पूर्णरुपले सहयोग गर्नु भएको छ, म यसमा पनि खुसी छ’–डाँगीले भने । उनले मानिसले जुन कर्म गर्छ, त्यो सत्य निष्ठा पूर्वक गरेमा त्यसैमा खुसी मिल्ने सुनाए । ‘खुुसी आफु भित्रनै छ खुसी खोजन कहि कतै जानु पदैन्’–डाँगीले भने ।
प्रस्तुती ः बालाराम खड्का