बलात्कार आरोपमा एक जना पक्राउ

घोराही,५ भदौ । दाङमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा नगरपालिका–४ लिवाङ निवासी २२ वर्षीय गणेश डाँगी रहेको प्रहरीले जानकारी दिएको छ ।

डाँगीले ती महिलालाई घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।