रुकुमबाट नेपालगंज जाँदै गरेको फोर्स गाडी सल्यानमा दुर्घटना

सल्यान, ४ भदौ । रुकुमबाट नेपालगंज जाँदै गरेको फोर्स गाडी सल्यानको कपुरकोट नजिकै दुर्घटनामा परेको छ । लु २ ख ५७३१ नम्बरको फोर्स गाडी राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट नजिकै दुर्घटनामा परेको हो ।

इलाका प्रहरी कार्यालय लुहामको प्रहरी चेट प्वाइन्टमा इन्ट्री भएअनुसार गाडीमा चालकसहित १६ जना सवार रहेका थिए । गाडी सडकबाट करि २ सय मिटर तल खसेको प्रहरी चौकी कपुरकोटले जनाएको छ । अहिले प्रहरीले घटनास्थलमा उद्दार गरिरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी छ ।