रूपान्तरणको लागि परिवर्तनकारी नेतृत्वको खोजी

भुवन पोख्रेल
एउटा लामो इतिहास बोकेको देशमा सामाजिक, राजनीतिक परिवर्तनमा अग्रपङ्क्तिमा उभिएर नेतृत्व गर्न सफल नेपाली कांग्रेस गुटगत आरोपप्रत्यारोपमा अल्झिनु शोभनीय पक्कै होइन । राष्ट्रिय स्तरको पार्टीको केन्द्रीय समितिको बैठक सतही, गुटगत टीकाटिप्पणीमा र गालीगलौजमा समय खर्चेको प्रत्यक्ष प्रसारणमा जनताले हेर्दा के कांग्रेस साच्चिकै देशको जिम्मेवारी वहन गर्न काविल छ त भन्ने संसय पैदा भएको छ ।

देशलाई काँधमा बोक्ने जिम्मेवारी पाएको देशकै ठुलो र गौरवशाली इतिहास बोकेको पार्टी यसरी त्यसको नीति तथा कर्याक्रमका बारेमा बहस गर्नुको साटो पार्टी भित्रको अन्तरकलहमा अल्झिनु शोभनीय पक्कै देखिएन । पार्टीको भावि रणनीति, कार्यकर्ताको जिम्मेवारी, विकासका योजना र कार्यक्रम के हो ? पार्टीले गुमेको जनविश्वास कसरी फर्काउने भन्नेमा गम्भीर छलफल गरी निष्कर्ष निकालिन्छ भन्ने जनविश्वास थियो तर यसको विपरीत पार्टी भित्रका गुटउपगुटले गालीगलौज र उचनिच देखाउन समय खर्चेको पाइयो ।

देश डुब्ने स्थितिमा पुग्दा पनि कांग्रेस गम्भीर भएको देखिएन । देश डुब्यो भने हामी सबै एकसाथ डुब्छौँ । केन्द्रीय समिति बैठकमा आम चुनावमा पार्टीले हासिल गरेका स्थान एकलनिर्णय लाद्ने प्रवृत्ति, कार्यकर्ताको व्यापक असन्तुष्टि, पार्टी नेतृत्वप्रति देखिएको नकारात्मक धारणा, भ्रष्टाचारका घटनामा पार्टीको मौनता गुटगत राजनीतिक गतिविधि आदि बारे चर्को बहस वा आवाज उठ्छ भन्ने जनविश्वास थियो तर यस विषयमा खासै चर्चा नै भएन । कांग्रेस भित्रको गुटगत प्रवृत्तिलाई प्रत्यक्ष प्रसारणले सतहमा पु¥याएर रमिता देखायो ।

प्रत्यक्ष प्रसारण गरेर पार्टी कांग्रेस र यसको नेतृत्व पारदर्शी र प्रजातान्त्रिक छ भन्ने देखाउन चाहेको पनि हुन सक्छ । पार्टी सभापतिले प्रजातान्त्रिक व्यवहारभन्दा आवेशमा आउने, असहिष्णु र सहनशीलता गुमाउने जस्ता असहिष्णु व्यवहार देखान पुगे । तसर्थ, कांग्रेस भित्रको यथास्थितिवादी धारलाई रोकेर परिवर्तनकारी धारलाई एकताबद्ध गरी पुस्तान्तरण सहित रुपान्तरण नगर्ने हो भने पार्टी एक ढिक्का हुनुको साटो विघटनको संघारमा पुग्ने निश्चित छ ।

नेपाली कांग्रेसको इतिहासमा सभापति शेरबहादुर देउवाले पटक–पटक अवसर पाएर पनि पार्टीलाई सुधारको बाटोमो डो¥याउनुको साटो निराश व्याप्त भएको छ । अब कांग्रेस बदलिन सक्नु पर्छ । हिजो देउवाले गिरिजाप्रसाद कोइरालालाई परिवारवादको आरोप लगाएर ‘नेपाली कांग्रेस प्रजातान्त्रिक’ नामक दल खोल्न पुगेका थिए । आज उनले पार्टी केन्द्रीय समिति बैठकको चित्र, भ्रातृ एवम् शुभेच्छुक सङ्गठनको हालत हिजो उनले लगाएको आरोप आफूमाथि आएको छ ।

कांग्रेसले २०८२ मा उक्त पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गरी परिवर्तनकारी नेतृत्व चयन गर्न नसक्ने हो भने ०८४ को निर्वाचनमा कांग्रेसले जनता सामू विश्वास जित्न कठिन छ । सामान्य सक्रियताले नेपाली कांग्रेसमा रुपान्तरण सम्भव छैन । रुपान्तरणका पक्षमा शेखर पक्ष देखिएन र मध्यमार्गी भएर उभियो । यसो गर्दा कांग्रेसभित्रका सुदृढीकरणको मझधारमा महामन्त्री द्वय गगन र विश्वप्रकाश, प्रदीप पौडेल मात्र उभिएको पाइयो ।

कांग्रेस भित्रको शुदीकरण के यी यवा नेतालाई मात्र चाहिएको हो त ? पक्कै होइन । युवा नेताको आवाज आम नेपाली कांग्रेसका शुभचिन्तकको आवाज हो । कांग्रेसले भोलिको चुनाव जित्ने भनेको आफ्नो छविका कारणले हो । केन्द्रीय समितिमा देखाएको आफ्नो प्रस्तुतीले आफ्नो छवि नै पार्टीले ध्वस्त पार्न पुग्यो । युग सुहाउँदो कांग्रेस बनाउनका लागि युवाहरु एउटै पङ्क्तिमा उभिन सक्नुपर्छ ।

परवर्तनकारी नयाँ पुस्ता मिलेर आजाव उठाउन नसक्ने हो भने यथास्थितिवादी पुरानो पुस्ताको दौराको फेर समातेर पार्टीलाई दशकौँ पछाडि धकेल्ने प्रायः निश्चित छ । कांग्रेसमा आज को के बन्ने, कसले कुन पद पाउने, कसले कति लाभका पद पाउने भन्ने सवाल प्रमुख होइन, सवाल यो हो कि कसरी यथास्थितिको पर्खाल भत्काउने र परिवर्तनको बिज रोप्ने । पार्टीको पुरानो पुस्ता नवीन सोच र विचारको नयाँ खाका बोकेर अघि आउन नसक्दा कांग्रेस पार्टीभित्र युवाको आकर्षण घट्दै गएको छ । यस विषयमा सिङ्गो पार्टी गम्भीर भएर सच्चिन जरुरी भइसकेको छ ।

केही समय अगाडि सम्पन्न कांग्रेसको केन्द्रीय समिति बैठकको लाइभमा पनि देउवा भर्सेज गगनमै केन्द्रित देखियो । बैठकमा महामन्त्री द्वन्द्व गगन थापा र विश्वप्रकाश शर्माद्वारा पेस गरिएको पार्टी सञ्चालनका लागि आवश्यक वार्षिक क्यालेण्डरमाथि पार्टीले छलफल गर्नुपर्ने आवश्यकता नै ठानेन । गगनले विभिन्न विषय समेटेर लिखित प्रस्ताव पेस गरेका थिए । प्रस्तावलाई छलफलका क्रममा प्राथमिकता नै दिइएन । फरक विचार बोकेका कारण निस्तेज बनाउने प्रयास गरिएको, गगन थापामाथि । युवा पुस्ता एकजुट भई नवीन विचारको खाका कोर्न सक्दा मात्र परिवर्तन सम्भव छ । पार्टीको जीवसत्ताका लागि पनि पुस्तान्तरण जरुरी भइसकेको छ ।

आज कांग्रेस धेरै राष्ट्रिय मुद्दाहरुमा आफूलाई उभ्याउन नसकी छायाँमा परेको देखिन्छ । शरणार्थी प्रकरणमा पनि कांग्रेसले आफूलाई नतिजा देखाउनबाट चुकेको हो । देश भ्रष्टाचारी र तस्करको चङ्गुलमा फस्दा पनि आवाज बुलन्द गर्न कांग्रेस बारम्बार चुकेको छ । कांग्रेस सत्तामा मात्र अल्झेर आफूलाई सङ्कीर्ण तुल्याउनु हुँदैन । समाजवाद र युवाको स्पिरिट के हो ? कंग्रेस भेउ पाउन छाडिसकेको छ । वाइडबडी, नक्कली शरणार्थी प्रकरण, स्टक एक्सचेन्ज आयल निगम जग्गा प्रकरणलगायतमा कांग्रेसका नेता मुछिनु पक्कै पनि जनता र कार्यकर्ताले सोचेको विषय होइन ।

कांग्रेसले समाजवादी बाटोबाट ‘समृद्ध नेपाल’ निर्मणको मार्गचित्र कोर्ने अभिभारा बोक्न सक्नु पर्छ भन्ने सम्भावना बोकेका युवा नेता गगन, विश्वप्रकाश, प्रदीप, बद्री जस्ताले आफ्नो भविष्य कांग्रेसभित्र पक्कै खोजेका छन् । सुशासनको सन्दर्भ उठान गर्दा कुनै पनि नेता भ्रष्टाचार प्रकरणबाट अछुतो नदेखिनुलाई पक्कै पनि विडम्बनापूर्ण नियति ठान्नु पर्छ ।

ठूला भ्रष्टाचारका सन्दर्भ उठ्नासाथ मूलधारका नेताको बैठक बसिहल्नुले यहाँ कांग्रेस मात्र नभई एमाले, माओवादी पार्टी पनि अछुतो नदेखिनुले शीर्ष दलहरु नै पुस्तान्तर र परिवर्तनको खाचो महसुस गर्न थालिएको छ । यदि यी पुराना दलहरु नसच्चिने र युवा पुस्तालाई नसमेटेर यथास्थितिमा अगाडि बढ्न खोज्ने हो भने धमिलिएको राजनीतिमा शुद्धीकरण हुनुको साटो हालसालै खुलेका नयाँ दलहरुले समेत चुनौती दिने स्थिति धेरै टाढा छैन ।

साढेसात दशक लामो यात्रामा नेपाली कांग्रेस झन्डै आधा समय सत्ता वा प्रतिपक्षका रुपमा नेपाली सत्ताको केन्द्र वरिपर रहेको देखिएको छ । वि.सं. २००७ साल अघि राणा शासनका बेला र २०१७ सालदेखि ०४६ सालसम्मको पञ्चायती व्यवस्था मात्र कांग्रेस सत्ताको केन्द्रबाट टाढा बस्यो । नेपालका सबैजसो राजनीतिक परिवर्तनको केन्द्रमा रहेको उक्त दल पछिल्ला वर्षमा आफ्नो आन्तरिक किचलो गुटबन्दीको शिकार भएको शुभन्तिकहरु ठान्दछन् । कांग्रेस अहिले आन्तरिक किचलोबाट मात्र गुज्रिरहेको छैन, विचारविहीन, सैद्धान्तिक रुपमा विचलित र पार्टीको आदर्श तथा मूल्यमान्यताबाट टाढिएको जस्तो पनि भान भएको छ ।

हिजो कांग्रेस र आजको कांग्रेस तुलना गर्दा पार्टीभित्र केही खराब सरकारहरु विकसित भएका छन् । व्यक्तिगत तह र स्वार्थ केन्द्रित गुट र उपगुट देखिनु कांग्रेसमा सैद्धान्तिक विचलन देखिनु, अर्थात आm्नो पार्टीको सिद्धान्त के हो भन्ने नै थाहा नभएकाहरु दलको राजनीतिमा छन् । उनीहरुमा शक्ति, सम्पत्ति हासिल गर्ने लोभ बाहेक अन्य कुराको मतलव पनि छैन । कुनै पनि दल सैद्धान्तिक रुपमा विचलित भएपछि त्इसले जनअपेक्षाभन्दा पनि नेताको स्वार्थ पूर्तिको काम मात्र गर्न सक्छ । कांग्रेस सैद्धान्तिक रुपमा दिशाहीन जसतो बनेको भान हुन्छ ।

पार्टीभित्र चाकडी, चाप्लुसी गर्ने प्रवृत्तिलाई जरैदेखि उखेल्नु पर्छ । पुराना पुस्ताभन्दा पनि नयाँ पुस्तालाई गाँजेको देखिन्छ । कांग्रेसमा अहिले दुईखाले युवाहरु प्रवेश गरिरहेका छन् । एकखाले कांग्रेसको नीति, विचार र सिद्धान्न बुझेर र अर्कोचरि शिुद्ध स्वार्थ पूर्तिका लागि । नयाँ पुस्तामा धेरै आफ्नो स्वार्थका लागि पाटीृमा लाग्ने चलन वृद्धि भयो । त्यसले गर्दा नीतिलाई नभई नेतालाई छान्ने र उसैको स्तुतिगान गाएर खुसी पार्ने चलन देखियो ।

कांग्रेस पार्टीले जुन आदर्श र विचार बोकेर हिड्दथ्यो नेताहरु अहिले त्यसबाट च्युत हुँदै गएको देखिन्छ । देशमा सपना बाँडेर मात्र हुँदैन, त्यसलाई कसरी मूर्त रुप दिने भन्ने अवधारणा पनि हुनु पर्छ तर अहिलेका नेतृत्ववर्गमा त्यो छैन । आफ्नो आदर्शबाट कतिसम्म नेताहरु पर पुगिसके भने पार्टीको सभापतिले कुनै जिल्लामा पुगेर अर्को पार्टीको चुनाव चिह्नमा भोट हालेर अर्को पार्टीका नेतालाई जिताउन आग्रह गरे । अहिले कमजोर अन्तर्राष्ट्रिय सम्बन्ध छ । अहिले कांग्रेसको अन्तर्राष्ट्रिय सम्बन्ध बलियो थियो ।

अहिले त नेताहरु छिमेकी मुलुकका राजदूतसँग डराउने र छिमेकी मुलुकमा आशीर्वाद लिन जाने पनि भएका छन् । नेपालमा नेपाली कांग्रेसको ओज, वीपी, गिरिजा, कृष्णप्रसाद जिवित रहँदासम्म खराब थिएन । नेताहरुको सम्बन्ध अन्तर्राष्ट्रिय स्तरमा रामै्र थियो । नेपाली कांग्रेसलाई पछिसम्म बलियो बनाउने हो भने गुटको अन्त्य हुन जरुरी छ । अबको नेतृत्वले व्यक्तिवादी सोच अन्त्य गरेर विचार र सिद्धान्तमा अघि बढ्न नसक्ने वा सच्चिन नचाहने हो भने कांग्रेस सक्किने खतरा छ । नीति, विधि र एजेण्डामा उभिने कांग्रेस चाहिएको छ, हामीलाई । केवल नेतृत्व्को कुरा गरेर नीति छोड्ने हो भने कांग्रेस अगाडि बण््न सक्दैन । कांग्रेस जनतासँग जोडिन सक्नु पर्छ । नीतिगत छलफल नहुनु कंग्रेसको विशेष्ता हो ।

कांग्रेसको भावि नेतृत्वका लाग दर्जन बढी नेता आकाङ्क्षी देखिएका छन् तर अहिलेसम्म कसैले पनि पार्टी निर्मणबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेर युवाहरुको धारलाई पकडेर एकताको बन्धनमा बाँध्ने प्रयास गर्न सकेका छैनन् । पार्टी नेतृत्व हडप्ने मात्र नभइ, कांग्रेस र मुलुकलाई यसरी अगाडि बढाउँछु भन्ने स्पष्ट दृष्टिकोण भएका होनहार युवापङ्क्ति गगन, विश्वप्रकाशहरुलई कमजोर तुल्याउने षड्यन्त्र भइरहेको छ, पार्टी भित्रबाटै ।

नेपालको सबैभन्दा ठुलो समाजवादी–लोकतान्त्रिक राजनीतिक दल नेपाली कांग्रेस हो । सदस्यताका आधारमा लगभग १० लाख क्रियाशील सदस्यता सहित नेपाली कांग्रेस देशकै सबैभन्दा ठुलो पार्टी हो । पार्टी ठुलो भएकै कारण पनि देश र जनताको अभिभाराको ठुलो हिस्सा उक्त पार्टीले बोक्न सक्नु पर्छ । राणा शासनदेखि राजतन्त्र अन्तयसम्मको नेतृत्व गरेको नेपाली कांग्रेसको ७० वर्ष लामो सङ्घर्षको इतिहासलाई कसैले बिर्सँदा पार्टीप्रति अन्याय हुन सक्छ । खाली इतिहासका गौरवशाली गाँथा गाएर मात्र पार्टीले वर्तमान समयमा जिवन्तता प्रदान गर्न सक्दैन । पार्टीको विचार, सङ्गठन र नेतृत्वमा सुधार नगरी नेपाली कांग्रेसमा पुनर्ताजगी सम्भव छैन ।

राजधानीमा केही समय अघि भएको केन्द्रीय समितिको बैठकमा कांग्रेसको पुरानो र नयाँ पुस्ताबिच जुहारी नै चल्यो । पुरानो पुस्ताको नेतृत्व प्रधानमन्त्री देउवा जो पार्टी सभापति पनि हुन्, बाट भयो भने नयाँ पुस्ताबाट गगन थापा अगाडि आए । थापा शालीन, सभ्य र समभावनायुक्त देखिए भने देउवा आक्रामक, क्रोध र बृद्ध हुँदै गएको शरीरलाई सम्हाल्न गाह्रो भएको हाउभाउ प्रष्ट देखिन्थ्यो । देउवाको समय उनी पनि गगनभन्दा कम थिएनन् । अहिले देउवा पछि पर्नु स्वाभाविक हो । पटक–पटक पार्टी सभापतिको अवसरपाएका देउवाको पहिलो कार्यकालभन्दा दोस्रो क्रमशः खस्कँदो भएकाले खाँचो खब पुस्तान्तरको छ । कांग्रेसका युवा पुस्ता आक्रोशित छन्, आफ्नो र पार्टीको भविष्य असुरक्षित ठानेका छन् ।