दाङ,१९ साउन । घोराहीमा रहेको स्पान नेशनल कलेज प्रालिद्वारा संचालित भिएन क्याम्पस घोराही दाङका क्याम्पस प्रमुख मदन सुबेदीले पदभार ग्रहण गरेका छन् ।
कलेजमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि पदभार ग्रहण गरेका हुन । कलेजका अध्यक्ष प्रकाश देबकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नबनियुक्त क्याम्पस प्रमुख सुबेदीले कलेजलाई सबैको साथ सहयोगले अगाडि बढाउने बताए । यही बैशाखमा सुवेदी क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
स्पान नेशनल कलेज प्रालिका अध्यक्ष प्रकाश देबकोटाले गुणस्तरीय शिक्षा प्रादान गर्ने उद्देश्यले कलेज स्थापना गरिएको बताए । सो कलेजमा बिएड, बिबिएस र एमएड पढाइ हुने गरेको उनले बताए । भिएन कलेजको नामबाट संचालित कलेजले यो वर्षदेखि स्पान नेसनल कलेजको नामबाट आफ्ना शैक्षिक गतिविधि सन्चालन गरिरहेको अध्यक्ष देबकोटाले बताए । प्राध्यापक यज्ञ महराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्राध्यापक रोशन देबकोटाले गरेका थिए ।