तुलसीपुर, १८ साउन । राप्ती बाल एकाडेमी तुलसीपुर दाङले आफ्ना बिद्यार्थी बालबालिकाहरुलाई योग र ध्यान सिकाउन शुरु गरेको छ । योग र ध्यानले बालबालिकाहरुको स्वास्थ्य राम्रो हुनुका साथै स्मरण शक्ति समेत वढ्ने भएकाले योग र ध्यान सिकाउन थालेको हो ।
कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी हुने २ दिने वैदिक योग तथा मोटिभेसन कार्यक्रमको विहिवारबाट सुरु गरेको हो । विद्यालयका प्रिन्सिपल ठाकुरप्रसाद डाँगीको अध्यक्षता तथा एन प्याव्सन दाङका अध्यक्ष विमल गौतमको प्रमुख आतित्थ्यतामा भएको उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले योग र ध्यानले बालबालिकाहरुमा पढाइप्रतिको रुचि वढने वताएका थिए ।
सो अवसरमा वोल्दै प्रमुख अतिथि गौतमले योग र ध्यानले बालबालिकाहरुलाई नैतिक र चरित्रवाण वन्न मद्दत पुग्ने वताए । उनले यस्ता कार्यक्रमहरु समय समयमा सवै विद्यालयहरुले गर्नु पर्नेमा जोड दिएका थिए । ‘पछिल्लो समय बालबालिकाहरुले अनुसासन , संस्कार र नैतिकता भुल्दै गयका छन्’ यी कुरामा ध्यानदिनुपर्छ ।
कार्यक्रममा शिक्षा महाशाखा तुलसीपुरका अधिकृत मन वहादुर खडका , राप्ती बाल एकेडेमी संचालक समितिका अध्यक्ष राजेन्द्र पाण्डे , एन प्याव्सन तुलसीपुर नगर अध्यक्ष शालिकराम कार्कीलगायतले शुभ कामना मन्तव्य व्यक्त गरेका थिए ।