७ औंँ दक्षिण एसियाली आईटिएफ तेक्वान्दो च्याम्पियनसिप–२०२३ मा दाङका चार जना खेलाडीहरुले प्रतिष्पर्धा गर्ने हुनुभएको छ । भारतको हैदरावादमा हुने प्रतियोगितामा २÷२ जना पुरुष र महिला खेलाडी छनोटमा पर्नुभएको हो ।
प्रतियोगिताका लागि दाङ आईटिएफ तेक्वान्दो संघका अध्यक्ष समेत रहनुभएका खेलाडी घोराही उपमहानगरपालिका–१५ निवासी भीमबहादुर थापा, घोराही उपमहानगरपालिका–१७ निवासी अनिषा घिमिरे र सुष्टि योगी र बंगलाचुली गाउँपालिका निवासी सन्तोष बुढामगर छनोटमा पर्नुभएको हो ।
उहाँहरुले हैदराबादमा यहि साउनको १९ गतेदेखि २१ गतेसम्म हुने ७ औंँ दक्षिण एसियाली आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै खेल्नुहुनेछ । प्रतियोगितामा नेपालबाट सिनियर र जुनियर गरेर ४६ जना खेलाडीहरु सहभागीता हुँदैछन् ।
प्रतियोगितामा सहभागी हुन दाङबाट छनोट भएका खेलाडीहरु भारत प्रस्थान गरेका छन् । इण्डियन आइटिएफ तेक्वान्दो संघको आयोजनामा हुन थालेको प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान,श्रीलंका,अफगानस्तान बंगलादेश,भुटान,तुुर्किस्तान देशका खेलाडीहरु सहभागी हुनेछन् ।