Goraksha

National Daily

महिला सशक्तिकरणका लागि नेतृत्व विकास तालिम

घोराही, ११ साउन । समाज कल्याण केन्द्र नेपाल दाङले महिलाहरुको क्षमता बढाउननेतृत्व विकास तालिम प्रदान गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ गिठेपानीमा रहेको एकता महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यहरुमा सशक्तीकरण गर्नआज नेतृत्व विकास सम्बन्धी तालिम दिईएको हो ।

केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रीय वरिष्ठ उपसभापति सुशील बस्नेतको प्रमुख आतिथ्य एवम् सहकारी संस्थाका अध्यक्ष रेखा अधिकारीको उपस्थितीमा सहकारीका सदस्यहरुलाई तालिम प्रदान गरिएको हो । प्रशिक्षकसमेत रहनुभएका बस्नेतले समुदायमा बसोबास गरेपछि हुने विभिन्न खालका द्वन्द्व सिर्जना हुने हुँदा यसको उचित व्यवस्थापन कसरी गर्ने भन्ने चुनौति सामना गर्ने सामथ्र्य हरेक व्यक्तिमा हुनु जरुरी रहेको बताउनुभयो ।

उहाँले नेतृत्व विकासका लागि संघसंस्थाको काम, कर्तव्य र अधिकारका बारेमा स्पष्ट हुन सकेमा लक्षित कामले सार्थकता पाउने बताउनुभयो । कुनै पनि काम गर्दा त्यसका सकारात्मक र नकारात्मक पक्षलाई गम्भीरतापूर्वक विश्लेषण गरेर अघि बढ्नुपर्ने बताउँदै आत्मविश्वास जगाउन निर्भिकतापूर्वक जिज्ञासु बन्नुपर्ने कुरामा जोड दिनुभयो । एकता महिला विकास बहुउद्देश्यीय सहकारीमा आवद्ध उल्लेख्य सदस्यहरुले महिला नेतृत्व विकाससम्बन्धी तालिमले आगामी दिनमा केही गर्नुपर्छ भन्ने उर्जा मिलेको बताउनुभयो ।